default_image

5 years ago

September 11, 2019

इंग्ल्यान्डको रोमान्चक जित

128 views

0 Bookmark

एजेन्सी – युरो २०२० छनोट अन्तर्गत इंग्ल्यान्डले घरेलु मैदानमा कोसोभोमाथि ५- ३ को रोमान्चक जित दर्ता गरेको छ । पहिलो मिनेटमै गोल खाएको इंग्ल्यान्डले त्यसपछि सम्हालिंदै जित दर्ता गरेको हो ।

खेलको ३४ औं सेकेन्डमा नै कोसोभोले गोल गर्दै खेलमा अप्रत्याशित अग्रता लिएको थियो । डिफेन्डर माइकल किनको गल्तिको फाइदा उठाउँदै भालोन बेरिशाले गोल गरे । यद्यपि उक्त गोलले नतिजामा भने खासै असर गरेन । इंग्ल्यान्डले पहिलो हाफमा नै ५ गोल गर्दै फराकिलो अग्रता कायम गर्यो ।

खेलको आठौं मिनेटमा नै किनको पासमा रहिम स्टरलिङले गोल गर्दै खेल बराबरीमा ल्याए । रहिमकै पासमा कप्तान ह्यारी केनले १८ औं मिनेटमा गोल गर्दै इंगलिस टोलीलाई अगाडी बढाए । ३८ औं मिनेटमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्यो । जेडन सान्चोले देको क्रसलाई कोसोभोका मेर्गिम बोज्बोदाले आफ्नै पोस्टमा छिराए ।

त्यसपछि पहिलो हाफको अन्तिम दुई मिनेटमा इंग्ल्यान्डले दुई गोल थप्यो । दुवै गोल रहिमको पासमा सान्चोले गोल गरेका थिए । इंग्ल्यान्डका लागि रहिम र सान्चोले उत्कृष्ट तालमेल देखाउँदै कोसोभो डिफेन्सलाई समस्या दिइरहे । यद्यपि दोस्रो हाफमा भने इंग्ल्यान्डले गोल थप्न सकेन ।

दोस्रो हाफको ४९ औं मिनेटमा कोसोभोका लागि बेरिशाले नै काउन्टर अट्याकमा गोल गरे । त्यसपछि ह्यारी मगाएरले पेनाल्टी क्षेत्रभित्र भेदात मुरिकीलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनैले गोल गरे । ६५ औं मिनेटमा कप्तान केनले पेनाल्टी मौका पाएपनि त्यसमा गोल गर्न नसक्दा इंग्ल्यान्डको अग्रता बढेन ।

समूह ‘ए’ कै अर्को खेलमा चेक गणतन्त्रले मोन्टेनेग्रोमाथि ३-० को जित दर्ता गर्यो । विजयी टोलीका लागि टोमस सुचेक, लुकास मसोपुस्त र भ्लादिमिर दारिदाले गोल गरे । जितसँगै चेक अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेकको ५ खेलमा ९ अंक छ भने समान खेलमा कोसोभोको ८ अंक छ । शीर्षस्थानको इंग्ल्यान्डले ४ खेलमा १२ अंक जोडेको छ । मोन्टेनेग्रो र बुल्गेरियाको २-२ अंक रहेको छ ।

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

February 27, 2025

लिभरपुल र सिटीको जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]

Success

Thank you for your time.