5 years ago
September 11, 2019
एजेन्सी – विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा भारतले कतारको घरेलु मैदानमा गोलरहित बराबरसंगै पहिलो अंक जोड्न सफल भएको छ।
दोहा स्थित जसिम बिन हमद रंगशालामा भएको खेलमा एसियन च्याम्पियन कतारलाई गोलरहित रोक्न भारतीय गोलकिपर गुर्प्रित सिङ्गले उच्च प्रदर्शन गरे। खेल अवधीमा २७ प्रहार गरेको कतारलाई गुर्प्रितको केहि उत्कृष्ट बचाउले रोक्यो भने कतारी फरवार्डहरुले केही राम्रो अवसरको सदुपयोग गर्न सकेनन।
घरेलु मैदानमा ओमानविरुद्धको हारमा गोल गरेका भारतका नियमित कप्तान सुनील क्षेत्री अस्वस्थताका कारण नखेल्दा गुर्प्रितले आर्म ब्याण्ड लगाउने अवसर पाएका थिए।
खेलमा गोल गर्ने थुप्रै अवसर गुमाएको कतारका ८५ औं मिनेटमा अब्देलक्ररीम हसनको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो। २०१९ मा कतार कुनै पनि एसियन टोलीसँग हार बेहोरेको छैन। एसिया कप उपाधी जित्ने क्रममा फाइनलमा कतारले जापानलाई ३ -१ ले पराजित गरेको थियो।
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत अघिल्लो खेलमा कतारले अफघानिस्तानलाई ६-० को फराकिलो अन्तरले पछि पारेको थियो। समूहको अन्य खेलमा आजै अफघानिस्तानले बंगलादेशलाई १-० ले पछि पार्यो।
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]