5 years ago
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अन्जन विष्टको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो ।
नेपालले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । अन्जनले झन्डै २५ यार्ड टाढाबाट सुजलले प्रहार गरेको फ्रिकिकमा गोल गरेका थिए । घरेलु मैदानमा पछाडी परेको ताइपेइले लगातार आक्रमण बुनेपानी नेपाली डिफेन्सले राम्रो प्रदर्शन गरे । प्रशिक्षक कालिनले कुवेतविरुद्ध खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए । गोलकर्ता अन्जनसँगै डिफेन्समा रजिन धिमाल र दिनेश राजवंशी टोलीमा फर्केका थिए ।
पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा रवी पासवानको क्रसलाई सुजल श्रेष्ठले हेड गर्दै अन्जनतर्फ दिए । अन्जनले अनमार्क रहेको अवस्थामा पेनाल्टी क्षेत्रबाहिर उत्कृष्ट बल नियन्त्रणमा लिए र दोस्रो टचमा सानदार हाफ भलीमा गोल गरे । २ गोलले पछाडी परेपछि ताइपेइले आक्रमणमा थप बढावा दिएको थियो । ताइपेइले गोल फर्काउन नसकेपछि नेपालले जित दर्ता गरेको हो ।
यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारबाट माथि उक्लिँदै तेस्रो स्थानमा आइपुगेको छ । समान ३-३ अंक जोडेको जोर्डन र कुवेत गोल अन्तरमा अगाडी छन् । अष्ट्रेलियाले कुनै खेल खेलेको छैन भने ताइपेइ लगातर दोस्रो हारपछि पुछारमा छ । आज नै समूहको अर्को खेलमा अष्ट्रेलियाले कुवेतको घरेलु मैदानमा खेल्नेछ ।
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]