5 years ago
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । कुवेतविरुद्ध पहिलो खेलबाट प्रशिक्षक योहान कालिनले तीन खेलाडी परिवर्तन गरेका छन् ।
अघिल्लो खेलमा चोट बोकेका डिफेन्डर अजित भण्डारीको स्थानमा दिनेश राजवंशी टोलीमा आएका छन् । सुमन अर्यालको स्थानमा रजिन धिमाल पहिलो रोजाईमा परेका छन् । मिडफिल्डर विक्रम लामाको स्थानमा अन्जन विष्ट टोलीमा समेटिएका छन् । प्रशिक्षक कालिनले यस खेलमा केहि आक्रामक रणनीति लिने देखिएको छ । रोहित चन्दले सम्भवत: रक्षात्मक भूमिका निर्वाह गर्नेछन् ।
पहिलो खेलमा ७-० ले पराजित नेपाल ताइपेइविरुद्ध सुखद नतिजा आत्मसात गर्न चाहन्छ । प्रशिक्षक कालिन र कप्तान किरणले पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा टोली तयार रहेको बताएका थिए । नेपालसँगै समूहमा जोर्डन, कुवेत, अष्ट्रेलिया र ताइपेइ रहेका छन् । ताइपेइले पहिलो खेलमा जोर्डनसँग २-१ को हार बेहोरेको थियो । नेपाली टोली आइतबार ताइपेइ पुगेको थियो ।
नेपालको सुरुवाती ११ : किरण चेम्जोङ, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, रवी पासवान, सुजल श्रेष्ठ, विमल घर्तीमगर
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]