5 years ago
September 10, 2019
एजेन्सी – म्यानचेस्टर सिटीका मिडफिल्डर केभीन डे ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेपछि युरो २०२० छनोट अन्तर्गत सोमबारको खेलमा बेल्जियमले स्कटल्यान्डलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
बेल्जियमको जितमा डे ब्रुएनले एक गोल र ३ असिस्ट प्रदान गरेका थिए । छनोटमा लगातार छैटौं जित दर्ता गर्ने क्रममा बेल्जियमले पहिलो हाफमा नै ३-० को अग्रता कायम गरेको थियो । खेलको नवौं मिनेटमा रोमेलु लुकाकुले बेल्जियमलाई अग्रता दिलाए । अन्तर्राष्ट्रिय करिअरको ४९ औं गोल गर्ने क्रममा लुकाकुले डे ब्रुएनको पासलाई सदुपयोग गरे ।
थोमस भर्मालेनले २४ औं मिनेटमा बेल्जियमको अग्रता दोब्बर पारे । डे ब्रुएनले दायाँ विंगबाट दिएको क्रसलाई भर्मालेनले पहिलो टचमा नै गोलमा परिणत गरे । ३२ औं मिनेटमा टोबी एल्डरवेरल्डको गोलमा बेल्जियमले ३-० को अग्रता लियो । उनले डे ब्रुएनको कर्नरमा गरेको हेडर स्कटल्यान्डका गोलरक्षक मार्शलले बचाउन सकेनन् ।
खेलको ८२ औं मिनेटमा लुकाकुको पासमा डे ब्रुएनले उत्कृष्ट गोल गर्दै बेल्जियमको जित पक्का गरे । खेल अवधिभर ब्रुएनले सबै पक्षमा राम्रो प्रदर्शन गरे । अन्तिम समयमा उनले गोल गर्नुले पनि म्यान अफ द म्याचको पूर्ण हकदार भएको प्रष्ट पार्यो ।
यसै समूहको अन्य खेलमा रसियाले काजकस्तानलाई १-० ले पराजित गर्यो । मारियो फर्नान्डेसले ८९ औं मिनेटमा गोल गरेपछि रसियाले घरेलु मैदानमा रोमान्चक जित दर्ता गरेको हो । अर्को खेलमा साइप्रसले सान मारिनोको मैदानमा ४-० को जित हात पार्यो । साइप्रसको जितमा इआनिस कौसोलासले २ तथा फोतिस पापौलिस र कोस्टाकिस अर्तिमातासले १-१ गोल गरे ।
यस नतिजासँगै समूह ‘आई’ मा बेल्जियम ६ खेलमा १८ अंकसहित शीर्षस्थानमा छ । रसियाले ६ खेलमा ५ जितसहित १५ अंक जोडेको छ । कजाकस्तान र साइप्रसले समान ७-७ अंक जोडेका छन् भने स्कटल्यान्डको ६ अंक छ । सान मारिनोले हालसम्म सबै खेलमा पराजय बेहोर्दै कुनै गोल गर्न सकेको छैन ।
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]