default_image

5 years ago

September 9, 2019

स्पेनको फराकिलो जित

113 views

0 Bookmark

एजेन्सी – युरो कप छनोट अन्तर्गत आइतबारको खेलमा स्पेनले फरो आइल्यान्डमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ ।

स्पेनको जितमा रोड्रिगो र पाको अल्कासेरले २-२ गोल गरे । खेलको १३ अौं मिनेटमा नै मिकेल अोराजबालको पासमा रोड्रिगोले स्पेनमा लागि गोलको खाता खोले । स्पेनले बलमा पकड जमाउँदै थप आक्रमण गरेपनि पहिलो हाफमा गोल थप्न भने सकेन ।

दोस्रो हाफको सुरुवातमै रोड्रिगोले स्पेनको अग्रता दोब्बर पारे । खेलको दोस्रो हाफको इन्ज्युरी समयमा अल्कासेरले दुई गोल गर्दै फराकिलो जित पक्का गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अल्कासेरले थियागो अलाकान्टराको पासमा पहिलो गोल गरे । लगत्तै जोसे गायनको पास सदुपयोग गर्दै ४-० को जित सुनिश्चित गरे ।

आइतबारै भएको स्वीडेन र नर्वेको खेल १-१ को बराबरीमा सकियो । नर्वेले स्टेफन जोहान्सनको ४५ अौं मिनेटको गोलमा अग्रता लिएको थियो ‌। उनलाई मार्टिन अोडेगार्डले पास उपलब्ध गराएका थिए । स्वीडेनका लागि एमिल फोर्सबर्गले ६० अौं मिनेटमा बराबरी गोल फर्काए ।

यस जितसँगै स्पेनले युरो छनोटको समूह एफमा शत प्रतिशत जित यात्रा कायम राखेको छ । स्पेनले खेलेका ६ खेलबाट १८ अंक जोडेको छ ‌। स्वीडेनको ६ खेलमा ११ अंक तथा रोमानियाले ६ खेलमा १० अंक जोडेको छ । नर्वे ९ अंक माल्टा ३ अंक र अंकविहिन फरो आइल्यान्ड पुछारमा छन् ।

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

February 27, 2025

लिभरपुल र सिटीको जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]

Success

Thank you for your time.