6 years ago
September 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)–किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलको पहिलो हाफमा नेपालले सानदार प्रदर्शन गर्दै आयोजक टोलीविरुद्ध ६–२ को अग्रता लिएको छ ।
चर्चित स्ट्राइकर सावित्रा भण्डारी सम्बाले पहिलो हाफमै ह्याट्रिक पुरा गर्दा दीपा राई, अनिता बस्नेत र निरु थापाले समान १ गोल गरे । तेस्रो मिनेटमा पहिलो गोल गरेकी सम्बाले दोस्रो गोल १५ औं मिनेटमा गरिन् । किर्गिस्तानले १९ औं र २२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
२५ औं मिनेटमा दीपाले गोल गरेपछि नेपालले पुन अग्रता लियो । सम्बाले ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यसपचि सम्बाको पासमा अनिताले ३४ औं र अनिताको पासमा निरुले ३७ औं मिनेटमा गोल गर्दै नेपाललाई फराकिलो अग्रता दिलाए ।
नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ । नेपालले नादेझ्दा कपमा लगातार तीन दिन राउन्ड रोविनका खेल खेल्दैछ । भदौ २३ गते उज्वेकिस्तानसँग खेलेपछि नेपालले त्यसको भोली पल्ट भदौ २४ गते ताजिकिस्तानको सामना गर्नेछ । राउन्ड रोविन लिग पछि भदौ २६ गते शीर्ष २ टोलीले उपाधिका लागि र त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज च्यासल युथ क्लबले फराकिलो अन्तरको जित निकालेको छ। नयाँवस्ती युथ क्लबलाई ४-२ गोल अन्तरले हराउँदै च्यासल लिगको तेस्रो स्थानमा उक्लिएको छ।एन्फा कम्प्लेक्समा आज भएको खेलमा च्यासलले सानदार सुरुवात गर्यो। २३ औं मिनेट भित्र ३-० को स्पष्ट अग्रता बनायो। १० औं मिनेटमा निरज कार्कीले गोल गरे। १८ […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]