5 years ago
September 7, 2019
एजेन्सी – स्टार फरवार्ड नेयमारले झन्डै चार महिनापछि पुनरागमन गर्दा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियासँग बराबरीको नतिजा निकालेको छ ।
शनिबार बिहान अमेरिकामा भएको खेलमा दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले कोलम्वियासँग २–२ गोलको बराबरी खेलेको हो । पुनरागमन खेलमा नेयमारले एक गोल गर्नुका साथै १ गोलको असिस्ट गरेका थिए ।
नेयमारले गत जुनमा कोपा अमेरिका कपको प्रशिक्षण दौरान एन्कल इन्ज्युरीका कारण चोट बोकेका थिए । त्यसयता उनी टोलीमा समेटिएका थिएनन् । ब्राजिलले कोपा अमेरिका कप जित्दा नेयमार टोलीमा थिएनन् ।
हार्ड रक स्टेडियम मियामी गार्डेन्समा खेलको १९औं मिनेटमा नेयमारको कर्नरबाट आएको पासमा क्यासमिरोले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । तर, ब्राजिलको त्यो अग्रता लामो समय टिकेन ।
२५औं मिनेटमा लुइस मुरेलले पेनाल्टीमा बराबरी गोल फर्काए । क्यासमिरोले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा लुइस चुकेनन् । ३४औं मिनेटमा मुरेलले गोल गर्दै कोलम्वियालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
५८औं मिनेटमा नेयमारले बराबरी गोल फर्काए । उनको यो राष्ट्रिय टोलीका लागि ९८ खेलमा ६१ औं गोल हो । उनीभन्दा अघि पेले (७७) र रोनाल्डो (६२) भन्दा मात्रै पछि छ ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो । ब्राजिल २०१८ को विश्वकपमा बेल्जियमसँग पराजित भएयता पछिल्लो १७ खेलमा अपराजित छ ।
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधबार स्टेड ब्रियोचिनविरुद्ध सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । बिहीवार बिहान सम्पन्न खेलमा ब्रियोचिनलाई ७-० को फराकिलो अन्तरले पराजित गदै पिएसजीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा सहज जित हात पारेको छ । बिहीवार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध २-० को सहज जित दर्ता गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । […]
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]