5 years ago
September 7, 2019
एजेन्सी – कप्तान तथा मुख्य खेलाडी इडेन हजार्डको अनुपस्थितिमा मिचेल बात्सुयाईले दुई गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा सहज जित निकालेको छ ।
बेल्जियनले सानमारिनोलाई उसकै मैदानमा ४–० को सहज जित निकालेको हो । ड्रिएस मेर्टिन्स र नासिर चाड्लीले समान एक गोल गरे ।इंग्लिस क्लब चेल्सीमा फ्रान्क लाम्पार्ड प्रशिक्षकको रुपमा आएपछि कमै मौका पाएका बात्सुयाईले खेलको ४३औं मिनेटमा गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा १–० को जित दिलाए । पेनाल्टी बक्समा मिर्काे पालाजीले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा बात्सुयाईले कुनै गल्ती गरेनन् ।
५७औं मिनेटमा ड्रिएस मेर्टिन्सले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । ६३औं मिनेटमा नासिर चाड्लीले गोल गर्दै बेल्जियमको ३–० को जित सुनिश्चित गरे । जितसँगै समूह ‘आइ’ मा बेल्जियन अपराजित रहँदै ५ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । सानमारिनो अंकविहीन हुदै पुछारमा छ ।
यही समूहको अर्काे खेलमा रसियाले स्कटल्यान्डमाथि उसकै मैदानमा २–१ को पुनरागमन जित निकाल्यो । खेलको ११औं मिनेटमा जोन म्याकजिनको गोलबाट घरेलु टोली स्कटल्यान्ड अघि बढेको थियो ।
४०औं मिनेटमा अर्टि ज्युभाले बराबरी गोल फर्काए । ५९औं मिनेटमा स्टेफेन ओ डोनेलले आत्मघाती गोलबाट रसिया खेलमा २–१ ले अघि बढेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा रसिया २–१ ले विजयी हुन सफल भयो । जितसँगै रसिया ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्यान्ड ६ अंक जोडेर चौथो स्थानमा छ ।
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधबार स्टेड ब्रियोचिनविरुद्ध सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । बिहीवार बिहान सम्पन्न खेलमा ब्रियोचिनलाई ७-० को फराकिलो अन्तरले पराजित गदै पिएसजीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा सहज जित हात पारेको छ । बिहीवार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध २-० को सहज जित दर्ता गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । […]
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]