5 years ago
September 7, 2019
एजेन्सी – खेल सकिन ४ मिनेटमात्रै बाँकी रहँदा ग्यारेथ बेलले निर्णायक गोल गरेपछि वेल्सले युरोकप छनोटमा अजरवैजानमाथि २–१ को कठिन जित निकालेको छ ।
घरेलु मैद्यान कार्डिफ सिटी स्टेडियम कार्डिफमा भएको खेलमा वेल्स खेलको २६औं मिनेटमा आत्मघाती गोलबाट खेलमा अघि बढेको थियो ।
पभेल पासायभले विपक्षी टोलीको प्रहार बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुग्दा वेल्स पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।
५९औं मिनेटमा माहिर इमरेलीले गोल गर्दै अजरवैजानलाई खेलमा फर्काएका थिए । तर, खेल सकिन ६ मिनेट बाँकी रहँदा बेलले निर्णायक गोल गरेपछि वेल्सले २–१ को कठिन जित निकाल्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।
जितसँगै वेल्स समूह ‘इ’ मा ४ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । पराजत अजरबैजान अंक विहीन छ ।
यही समूहको अर्काे खेलमा क्रोएसियाले स्लोभाकियालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ । क्रोएसियाको जितमा निकोला भ्लासिक, इभान पेरिसिस, ब्रुनो पेटकोभिक र डिजान लभ्रेनले गोल गरे ।
जितसँगै क्रोएसिया ४ खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । समान ९ अंक नै रहेपनि हंगेरी गोल अन्तरमा अघि रहँदै शीर्षस्थानमा रहेको छ । स्लोभाकिया ६ अंक जोडेर गोल अन्तरमा चौथो स्थानमा रहेको छ ।
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधबार स्टेड ब्रियोचिनविरुद्ध सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । बिहीवार बिहान सम्पन्न खेलमा ब्रियोचिनलाई ७-० को फराकिलो अन्तरले पराजित गदै पिएसजीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा सहज जित हात पारेको छ । बिहीवार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध २-० को सहज जित दर्ता गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । […]
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]