default_image

5 years ago

September 7, 2019

जर्मनीमाथि नेदरल्यान्डको प्रभावशाली जित

103 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटमा नेदरल्यान्डले जर्मनीमाथि प्रभावशाली जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्डले जर्मनीमाथि ४–२ को प्रभावशाली र पुनरागमन जित निकालेको हो ।

ह्यामबर्गमा भएको खेलमा नेदरल्यान्डको जितमा फ्रान्की डि जङ, डोनेल मालेन र जर्जिन्हो विज्नल्डनले गोल गरे । एक गोल उपहार पाएको थियो । जर्मनीका सर्जि जिनाब्री र टोनी क्रुसले गोल गरे ।

नेदरल्यान्डले जर्मनीलाई उसकै मैदानमा १७ वर्षपछि पहिलोपटक हराएको हो । २००२ मा नेदरल्यान्डले ३–१ को जित निकालेको थियो । त्यसयता नेदरल्यान्डले जित निकाल्न सकेको थिएन ।

खेलको नवौं मिनेटमा सर्जि जिनाब्रीले लुकास क्लोसटर्मानको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको नेदरल्यान्डले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गर्न सफल भएको थियो ।

५९औं मिनेटमा फ्रान्की डि जोङले रायन बाबेलको पासमा बराबरी गोल फर्काएपछि नेदरल्यान्ड खेलमा फर्किएको थियो । ६६औं मिनेटमा जोनाथन ताले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड खेलमा २–१ ले अघि बढेको थियो । भर्जिल भान डाइकको पावरफुल हेडरमा मेम्फिस डिपेले गरेको क्रसमा जोनाथनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

७३औं मिनेटमा फ्रान्की डि जोङले फल गरेपछि प्राप्त पेनाल्टीमा टोली क्रुसले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।
७९औं मिनेटमा यसै खेलबाट डच टोलीमा डेब्यु गरेका २० वर्षीय सुपर सव डोनेल मालेनले गोल गर्दै नेदरल्यान्डलाई पुन ३–२ को अग्रता दिलाए ।

५८औं मिनेटमा मार्टिन डि रुनको स्थानमा मैदान छिरेका विज्नल्डमको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा विज्नल्डमले गोल गर्दै जर्मनीलाई ४–२ को प्रभावशाली जित दिलाए ।

जितसँगै नेदरल्यान्डले समूह ‘सी’ मा ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा रहेर युरोकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । एक खेल बढी खेलको जर्मनी ९ अंक जोडेर दोस्रो तथा अपराजित नर्दन आयरल्यान्ड १२ अंक जोडेर शीर्षस्थानमा छ ।

February 27, 2025

फराकिलो जितका साथ पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधबार स्टेड ब्रियोचिनविरुद्ध सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । बिहीवार बिहान सम्पन्न खेलमा ब्रियोचिनलाई ७-० को फराकिलो अन्तरले पराजित गदै पिएसजीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । […]

February 27, 2025

लिभरपुल र सिटीको जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

Success

Thank you for your time.