default_image

5 years ago

September 6, 2019

इटालीले अर्मेनियालाई हरायो

94 views

0 Bookmark

एजेन्सी –१० खेलाडीमा समेटिएको अर्मेनियामाथि ३–१ को जित निकाल्दै इटालीले युरोकप छनोटमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

अर्मेनियामा बिहीबार राति भएको खेलमा इटालीलाई जिताउन एन्ड्रिय बेलोटीले दुई तथा लोरेन्जो पेलीग्रिनीले गोल गरे । घरेलु टोलीका लागि एलेक्ससन्डर कारापिटेनले एक गोल गरे ।

कारापिटेनको गोलबाट खेलको ११औं मिनेटमा पछि परेको इटालीका लागि २८औं मिनेटमा बेलोटीले बराबरी गोल फर्काएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा कारापिटेन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए । लियोनार्दाे बोनुचीलाई फल गरेपछि रेफ्रीले दोहोरो पहेलो कार्ड देखाए ।

यसको फाइदा इटालीले दोस्रो हाफमा उठायो । ७७औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २–१ को अग्रता दिलाए । ८०औं मिनेटमा बेलोटीले गोल गर्दै इटालीलाई ३–१ को जित दिलाए ।

जितसँगै इटाली ५ खेलबाट १५ अंक जोडेर समुह ‘जे’ मा शीर्षस्थानमा छ । अर्मेनिया ६ अंक जोडेर चौथो स्थानमा छ ।

यही समुहमा फिनल्यान्डले ग्रीसलाई १–० ले हरायो । जितसँगै फिनल्यान्ड १२ अंकसहित दोस्रो स्थानमा छ । अर्काे खेलमा बोस्निया हर्ज गोभिनाले लिचेस्टाइनलाई ५–० ले पराजित गरेको छ ।

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

Success

Thank you for your time.