default_image

5 years ago

September 5, 2019

काफुका छोराको हृदयघातले निधन

78 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फुटबलका महान खेलाडी मध्येका एक काफुका ३० वर्षे छोराको निधन भएको छ । हृदय घातका कारण उनको मृत्यु भएको बताइएको छ ।

डानिलो फेलिसियानो डी मोरिस नामका काफुका छोराले साथीहरुसँग फुटबल खेल्दै गर्दा छातीमा दुःखाई महसुस गरेका थिए । साउ पाउलोमा फुटबल खेल्नुअघि उनले आफुलाई दुःखाई भएको बताइन्छ ।

तत्काल उपचारका लागि उनलाई स्थानिय अस्पताल पुर्याएको थियो । डक्टरहरुले तत्काल उपचार सुरु गरेपनि उनलाई बचाउन सकेनन् । काफुका ब्राजिलियन पूर्व सहकर्मी पाउलो सर्जियोले उनका छोराको मृत्यु भएको पुष्टी गरेका थिए ।

विश्व कप विजेता काफुका तीन सन्तान मध्ये डानिलो जेठो हुन् । एसी मिलान र रोमाबाट काफुले ४ सय भन्दा बढी खेल खेलेका छन् । रोमाले सामाजिक सञ्चालमार्फत शोक विज्ञप्ती जारी गर्दै काफु र उनको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

साउ पाउलो र एसी मिलानले पनि शोक विज्ञप्ती जारी गरेको छ । ‘दुःखद खबर सुन्नु परेको छ । यो दुःखत समय प्रति क्लब गहिरो समवेदना व्यक्त गर्दछ ,’ मिलानले भनेको छ । ४९ वर्षे काफुले ब्राजिलका लागि दुई पटक विश्व कप जित्दै १ सय ४२ खेल खेलेका छन् । कतारमा सन् २०२२ का सद्भावना दुत मध्ये काफु एक हुन् ।

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

Success

Thank you for your time.