5 years ago
September 5, 2019
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टोलीले कतार २०२२ विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा कुवेतको सामना गर्दैछ । नेपाली समयअनुसार रातको १०:४५ बजे हुने उक्त खेलमा नेपालको सुरुवाती ११ कस्तो हुन्छ भन्ने कौतुहलताको विषय बनेको छ ।
प्रशिक्षक योहान कालिनलाई २३ खेलाडी सम्मिलित अन्तिम टोलीको छनोट गर्न नै निकै कठिन रहेको टोलीमा बढ्दो अन्तरिक प्रतिस्पर्धाले प्रष्ट पार्दछ । नियमित कप्तान विराज महर्जन हाल कुवेत पुगेको टोलीमा छैनन् । गोलरक्षकको भूमिकामा किरण चेम्जोङ स्पष्ट रुपमा सुरुवाती ११ मा पर्नेछन् । उनले नै टोलीको कप्तानी गर्ने बलियो सम्भावना रहेको छ ।
डिफेन्समा लेफ्ट ब्याकको भूमिकामा सुमन अर्यालको सम्भावना बलियो छ । मध्यभागमा अनन्त तामाङ र देवेन्द्र तामाङको जोडीले नै निरन्तरता दिनेछन् । राइट ब्याकमा भने तीन खेलाडीको दावेदारी रहनेछ । अजित भण्डारी, सरोज दाहाल र दिनेश राजवंशीका रुपमा विराज महर्जनको अनुपस्थितिमा कडा प्रतिस्पर्धा रहेको छ । यद्यपि प्रशिक्षक कालिनले अजितलाई पछिल्लो समय प्राथमिकतामा राखेका छन् ।
अवे खेल भएकाले नेपालको रणनीति रक्षात्मक हुने सम्भावना छ । प्रशिक्षक कालिनले रोहित चन्दसँगै विक्रम लामालाई मध्यभागमा उतार्न सक्छन् । विक्रम र रोहित रक्षात्मक खेलका लागि मध्यभागमा निपुण छन् । शारीरिक रुपमा पनि कुवेती खेलाडीलाई टक्कर दिन यी दुईको उपस्थितिले नेपालको डिफेन्सलाई सहज हुनेछ । रोहित र विक्रमलाई विशाल राईले सहयोग गर्नेछन् । चलायमान मिडफिल्डर विशाल ९० मिनेट नै विपक्षी खेलाडीसँग जुझ्ने क्षमता राख्दछन् । केहि आक्रामक रणनीति आवश्यक परेमा क्रिएटिभ मिडफिल्डका रुपमा वैकल्पिक खेलाडी सन्तोष तामाङ र हेमन गुरुङ आउने छन् ।
आक्रमणमा विमल घर्तीमगरलाई दुई विंगरको साथ रहनेछ । त्यसका लागि रवी पासवान राइट र सुजल श्रेष्ठ लेफ्ट विङ्गमा बलियो दावेदारी प्रस्तुत गर्दैछन् । रवी द्रुत गतिमा बल अगाडी बढाउन सक्छन् जुन कुवेतका लागि काउन्टर अट्याकमा घातक बन्न सक्छ । सुजल मिडफिल्डमा झरेर खेल्न सक्ने हुनाले नेपाललाई सन्तुलन बनाउन सहज हुनेछ । नवयुग श्रेष्ठ शत प्रतिशत फित नहुनुले पनि विमलमाथि थप जिम्मेवारी छ । त्यसो त अभिषेक रिजाल, अन्जन विष्ट र सुनिल बलका रुपमा वैकल्पिक खेलाडी कुनै समय खेलको नतिजा बदल्न सक्ने क्षमता राख्दछन् ।
सम्भावित सुरुवाती ११ : (४-३-३)
किरण चेम्जोङ
अजित भण्डारी – अनन्त तामाङ – देवेन्द्र तामाङ – सुमन अर्याल
विक्रम लामा
रोहित चन्द – विशाल राई
रवी पासवान – विमल घर्तीमगर – सुजल श्रेष्ठ
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]