default_image

5 years ago

September 9, 2019

नेयमार कम्तिमा जनवरीसम्म पीएसजीमा

77 views

0 Bookmark

एजेन्सी – युरोपियन सफल टोली बार्सिलोनाले आफ्ना पूर्व स्ट्राइकर नेयमारलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट पुनः क्लबमा ल्याउन हर सम्भव प्रयास गरेको थियो । तर, टोली सफल हुन सकेन ।

बार्सिलोनाले आफ्ना सात खेलाडी मध्ये कसैलाई पिएसजी पठाएर भए पनि नेयमारलाई भित्राउन चाहन्थ्यो । टोलीका सुपर स्टार लियोनल मेस्सीको इच्छा कारण पनि बार्सिलोनाले ब्राजिलियन स्टारलाई ल्याउन अन्तिम सम्म पनि प्रयास गरेको थियो ।

नेयमार आफै पनि क्याम्प नोउ फर्कन तीव्र इच्छा राखेका थिए । तर उनको इच्छा तत्कालका लागि पुरा हुन सकेन । अब उनले कम्तीमा जनवरी सम्मको सरुवा बजारसम्म धर्यता राख्नु पर्नेछ । नेयमारको सरुवाका विषयलाई नियर बार्सिलोना र पिएसजीबीच पटक पटक छलफल पनि भएको हो । तर, अन्ततः छलफलमा सहमति हुन सकेन । बार्सिलोना जाने अपेक्षा राखेका नेयमारले यो सिजन अहिले टोलीबाट खेलेनन् ।

सामुइल उम्टिटी, इभान राकटिक, उम्समान डेम्बेले, आर्थर मेलो, जियान क्लाउड टोडिबो, निल्सन सेमेडो र फिलिप्पे काउटिन्हो मध्ये कुनै पनि खेलाडीलाई पठाएर बार्सिलोना नेयमारलाई लिन चाहन्थ्यो । तर, त्यसको हुन सकेन । काउटिन्हो यही बीचमा एक सिजनका लागि बायर्न म्युनिख पुगेका छन् । जसका कारण पनि नेयमारलाई ल्याउने विषयमा कठिन भएको विश्वास गरिन्छ । बाँकी खेलाडीमा पिएसजीले खासै चासो नराखेको बताइएको छ ।

मेस्सीलाई खुसी पार्नका लागि भएपनि बार्सिलोनाले अन्तिम सम्म पनि नेयमारलाई क्लबमा ल्याउनका लागि प्रयास गरेको थियो । तर दुई क्लबबीचको सहमति हुन सकेन । अब जनवरीमा उनको सुरुवा हुन्छ हुन्छ फुटबल प्रेमिले पनि चासोका साथ कुर्नेछन् ।

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

February 27, 2025

लिभरपुल र सिटीको जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]

Success

Thank you for your time.