5 years ago
September 4, 2019
सुबास हुमागाईं, काठमाडौं
एसियाली राष्ट्र कतारले सन् २०२२ मा फिफा विश्वकप आयोजना गर्दैछ । नेपाल इतिहासमा पहिलो पटक विश्वकप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैछ । एसियाका ४० टोलीले ८ समूहमा रहेर विश्वकप छनोटको तेस्रो चरणमा स्थान बनाउन प्रतिस्पर्धा गर्दैछन् । नेपालले अर्को चरणमा प्रवेश गर्न अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेतसँग भिड्नेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले यसै वर्ष नयाँ प्रशिक्षकका रुपमा स्विडिस प्रशिक्षक योहान कालिन पायो । कालिनको आगमनसँगै टोलीले पछिल्लो केहि महिना मैत्रीपूर्ण खेल पनि खेल्यो । त्यसमध्ये कुवेतसँग २ र चाइनिज ताइपेइविरुद्ध १ खेल खेलेको थियो । विश्वकप छनोटमा पनि तिनै प्रतिद्वन्द्वीसँग खेल्न पाउनु जति नेपालको लागि फाइदाजनक छ, उत्तिकै बेफाइदा पनि । फाइदा यस हिसाबमा की नेपालले ती टोलीको खेल्ने शैली र बलियो तथा कमजोर पक्ष थाहा पाएको छ । बेफाइदा यस पक्षमा की ती टोलीले पनि नेपालबारे पर्याप्त जानकारी लिएका छन् ।
नेपाली टोलीमा अहिले रहेका लगभग सबै खेलाडी लामो समयदेखि राष्ट्रिय टोलीकै प्रशिक्षणमा व्यस्त छन् । नेपालमा क्लब फुटबलको गतिविधि नहुँदा विदेशमा खेल्ने तीन खेलाडीबाहेक अन्य खेलाडीले प्रतिस्पर्धात्मक खेल खेल्न पाएका छैनन् । गत साता मलेसियाको जोहोर दारुलविरुद्ध प्रशिक्षक कालिनले केहि प्रयोग गरेका छन् । उक्त खेलबाट अब मुख्य दुई खेलाडी विश्वकप छनोटको पहिलो खेलमा थपिनेछन् ।
रोहित चन्द, विमल घर्तीमगर र किरण चेम्जोङ हाल विदेशी क्लबमा अनुबन्धित छन् । किरणले भारतीय क्लब मिनेर्भा पन्जाबसँग सम्झौता गरेर केहि सातामा त्यसतर्फ प्रस्थान गर्नेछन् । उनी यसै महिना जापानको तेस्री डिभिजन क्लब फुजीएदा एफसीमा प्रशिक्षण गरेर फर्केका हुन् । उनले नै टोलीको कप्तानी सम्हाल्ने सम्भावना प्रबल छ । पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका किरणको भूमिका विश्वकप छनोटमा नेपालका लागि निर्णायक हुन सक्छ । कुवेतविरुद्ध दुवै मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण नै नेपालले २ खेलमा जम्मा १ गोल खाएको थियो ।
इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहितका लागि नतिजाको हिसाबले लिगमा सुरुवात राम्रो रहन सकेको छैन । व्यक्तिगत प्रदर्शनको हिसाबले भने रोहित उच्च लयमा छन् । प्रशिक्षकले पनि उनलाई आफ्नो पहिलो रोजाइमा राखेका छन् । केहि साताअघि मात्र लिग खेलमा उनी म्यान अफ द म्याच समेत घोषित भएका थिए । रोहितले नेपालको आक्रमणमा प्रभाव त पार्छन् नै डिफेन्समा पनि उनको महत्त्वपूर्ण भूमिका रहेको छ । युवा डिफेन्डर अनन्त तामाङ र देवेन्द्र तामाङको जोडीलाई उनले ठिक अगाडी रहेर नेतृत्व गरिरहेका हुनेछन् । रोहितका रुपमा नेपालले बक्स टु बक्स मिडफिल्डरको भूमिकामा उच्च स्तरका खेलाडी पाएको छ ।
माल्दिभ्सको टिसी स्पोर्ट्समा लगातार खेलिरहेका विमल अहिले फिटनेसको पक्षमा उच्च स्तरमा छन् । पछिल्लो पटक राष्ट्रिय टोलीमा उनी चोटले ग्रस्त भएका कारण विश्राममा थिए । मलेसियाली क्लबविरुद्ध नेपालले गोल गर्न नसकेपनि विमलले केहि राम्रो मुभ बनाएका थिए । लगातर राम्रो लिगमा खेलेर पनि उनी ‘टच’ मा छन् । प्रशिक्षक कालिनले पनि विमल नै कुवेतविरुद्ध पहिलो खेलमा सुरुवाती ११ मा रहने संकेत दिएका छन् । त्यसो त अर्का फरवार्ड नवयुग श्रेष्ठ ज्वरोका शत प्रतिशत फिट नहुनुले विमलले नै आक्रमण सम्हाल्ने लगभग निश्चित छ ।
रवी पासवान र अभिषेक रिजालले पछिल्लो एक वर्षमा आफ्नो खेलस्तर उकासेका छन् । तीव्र गतिमा आक्रमण अगाडी बढाउने मात्र होइन, ‘फाइनल थर्ड’ मा विपक्षी डिफेन्सलाई समस्या दिने क्षमता पनि यी खेलाडीमा छ । अर्का अनुभवी विंगर सुजल श्रेष्ठको मिहिनेती खेलशैलीले आक्रमणमा सन्तुलन ल्याएको छ । चोटका कारण केहि विश्राममा रहेका अर्का विंगर अन्जन विष्ट पनि फिट भएका छन् । कालिनसँग आक्रमणमा खेलाडी छनोटका लागि प्रशस्त विकल्प छन् । सुनील बल पनि अन्तिम मिनेटमा आक्रामक विकल्पका रुपमा प्रयोगमा आउन सक्छन् ।
मिडफिल्डको मध्यभागमा रोहित चन्द रहने निश्चित छ । उनीसँग अन्य दुई खेलाडीले नेपालको मध्यक्रम सम्हाल्नेछन् । रक्षात्मक रुपमा उत्रने रणनीति हुँदा अनुभवी विक्रम लामा र तेज तामाङ कालिनका लागि उचित विकल्प छन् । शारीरिक रुपमा निपुण यी खेलाडी आक्रमणमा भने त्यति प्रभावकारी छैनन् । सन्तोष तामाङ र हेमन गुरुङ कालिनका लागि क्रिएटिभ मिडफिल्डरको भूमिका निर्वाह गर्न सक्छन् । सन्तोषको सेट पिस कालिनको छनोटमा निर्णय लिन प्रभावशाली पक्ष बन्न सक्छ । यसबाहेक विशाल राइको निरन्तर डटने शैली पनि शारीरिक रुपमा निपुण टोलीविरुद्ध ‘अवे’ खेलका लागि महत्त्वपूर्ण पाटो बन्न सक्छ ।
डिफेन्समा पनि कालिनसामु केहि चुनौती छन् । उनले अनन्त र देवेन्द्रको मध्य डिफेन्ससँगै साइड डिफेन्समा कसलाई खेलाउने निर्णय लिन निकै समय लगाउनेछन् । रजिन धिमाल र सुमन अर्याल लेफ्ट व्यक भूमिकाका लागि प्रतिसपर्धामा छन् । दुई खेलाडीबीचको भिन्नता पहिचान गर्ने एकमात्र पक्ष रजिनको आक्रमणमा हुँदा उत्कृष्ट क्रस हो । कप्तान बिराजले सम्हाल्दै आएको राइट ब्याक पोजिसनमा भने अजित भण्डारी र दिनेश राजवंशीको सम्भावना छ । सरोज दाहाल पनि पछिल्लो समय राइट ब्याक भूमिकामा छन् । उनी र अजित दुवै मध्य भागमा पनि खेल्न सक्छन् । कालिनको रोजाईमा भने अजितले नै नियमित खेल्दै आएका छन् ।
नेपालले पछिल्लो एक दशकमा ४-४-२ को परम्परागत पद्दति छाडेर ४-३-३ को विभिन्न प्रयोगात्मक फर्मेसन प्रयोग गर्दै आएको छ । कुनै समय ३ डिफेन्डर सहित २ विंगब्याक समेत खेलाएको नेपाल अब अहिले ४ डिफेन्डर नै राखेर मैदानमा उत्रनेछ । रोहित चन्दको मिडफिल्डमा उपस्थितिले टोलीलाई रक्षात्मक रुपमा पनि मजबुत बनाएको छ ।
कालिनले आफ्नो योजना अनुसार नियमित रुपमा खेलाडीलाई प्रशिक्षण दिएका छन् । आन्तरिक रुपमा २३ सदस्यीय टोलीमा पर्न निकै कडा प्रतिस्पर्धा छ । पहिलो रोजाईमा हरेक पोजिसनमा एक से एक विकल्प अगाडि आएका छन् । यसले खेलाडीबाट उच्च स्तरको प्रदर्शन अपेक्षा गर्न सकिन्छ । टोलीका कप्तान विराज महर्जन नै टोलीमा नपर्नुले प्रतिस्पर्धाको स्तर आँकलन गर्न सकिन्छ ।
न्तरिक रुपमा २३ सदस्यीय टोलीमा पर्न निकै कडा प्रतिस्पर्धा छ । पहिलो रोजाईमा हरेक पोजिसनमा एक से एक विकल्प अगाडि आएका छन् । यसले खेलाडीबाट उच्च स्तरको प्रदर्शन अपेक्षा गर्न सकिन्छ । टोलीका कप्तान विराज महर्जन नै टोलीमा नपर्नुले प्रतिस्पर्धाको स्तर आँकलन गर्न सकिन्छ ।
हाल मिडफिल्डमा रोहित चन्द र गोलरक्षकमा किरण चेम्जोङ बाहेक अन्य खेलाडीको स्थान पक्का छैन । डिफेन्समा अनन्त र देवेन्द्रको जोडीले आफूलाई प्रमाणित गर्ने अवसर आएको छ । विमलसामु उनीप्रति गुमेको विश्वास फर्काउने राम्रो अवसर छ । अभिषेक, रवी, अजित लगायत खेलाडीले राष्ट्रिय टोलीमा आफ्नो भविष्य रहेको प्रष्ट पार्न अपेक्षाअनुसार प्रदर्शन गर्नुपर्ने हुन्छ ।
नेपालले कुवेतविरुद्ध खेलेको केहि दिनपछि नै चाइनिज ताइपेइको सामना गर्नेछ । दुवै खेल घरेलु मैदानबाहिर खेल्ने भएकाले आक्रामक रणनीतिमा उत्रने सम्भावना निकै कम छ । दुवै टोली स्तरको हिसाबले नेपालभन्दा माथि छन् । तर विश्वकप छनोटको नतिजाले एसिया कपको छनोटमा समेत असर पार्ने हुनाले नेपाललाई हरेक अंकको महत्त्व हुनेछ ।
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]