5 years ago
September 4, 2019
एजेन्सी– इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका प्रशिक्षक मौरिसियो सार्रीले च्याम्पियन्स लिगको समूह चरणको लागि २२ सदस्यीय टोलीको घोषणा गरेका छन् ।
स्टार क्रिस्टियानो रोनाल्डोले २२ सदस्यीय टोलीमा स्थान बनाउदा अघिल्लो सिजन उच्च प्रदर्शन गरेका फरवार्ड मारियो मान्जुकिच र सेन्ट्रल मिडफिल्डर इम्री च्यानले टोलीमा स्थान बनाउन सकेनन् । मान्जुकिचले गत सिजन लिगमा ९ गोल र ७ असिस्ट प्रदान गरेका थिए । च्याम्पियन्स लिगमा ८ खेल खेलेका उनले समूह चरणमा भ्यालेन्सियाविरुद्ध गोल गरेका थिए ।
२२ सदस्यीय टोलीमा सार्रीले यसै सिजन क्लबमा अनुबन्ध भएका खेलाडीहरुलाई प्राथिमकितामा राख्दा अघिल्लो सिजन लोनमा इंग्लिस क्लब चेल्सीसम्म आइपुगेका गोन्जलो हिगुआइनलाई टोलीमा समेटेको छ । कप्तान जर्जियो चिलीयानी चोटका कारण टोलीमा समेटिएका छैनन् । एसीएल इन्ज्युरीका कारण उनी ६ महिना मैदान बाहिर रहनेछन् । च्याम्पियन्स लिगको समूह ‘डी’ मा युभेन्टस, एटलेटिको म्याड्रिड, लोकोमोटिभ मस्को र बायर लेभरकुसेन रहेका छन् ।
युभेन्टस टोली
वोजचिएक सेचेज्नी, माटिया डि स्केजलियो, म्यथिस डि लिग्ट, मिरालेम प्यानिच, सामी खेडिरा, क्रिस्टियानो रोनाल्डो, आरोन राम्सी, पाउलो डिबाला, डगलस कोस्टा, एलेक्स सान्ड्रो, ड्यानिलो, ब्लेइस माटुइडी, जुवान कोर्डाडो, लियोनार्डाे बोनुची, गोन्जलो हिगुआइन, ड्यानिले रुगानी, मेरी डेमीरल, एड्रियन रेविओट, रोड्रिगो बेन्टानकर, कार्लाे पिनसोगलियो, फेडरिको बर्नार्डेसकी र जियानलुजी बुफोन
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]