5 years ago
September 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपमा सहभागीता जनाउन नेपाली महिला राष्ट्रिय फुटबल टोलीको १८ सदस्यीय टोली घोषणा भएको छ ।
प्रतियोगिताको नियमअनुसार १८ खेलाडी मात्र माग भएपछि प्रशिक्षक हरि खड्काले यसअघि घोषणा गरिएको ३२ सदस्यीय टोलीबाट अन्तिम टिमको टुंगो लगाएका हुन् । नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ । नेपालले सेप्टेम्बर ८ मा आयोजक किर्गिस्तान, सेप्टेम्बर ९ मा उज्बेकिस्तान र सेप्टेम्बर १० मा ताजिकिस्तानको सामना गर्नेछ । सेप्टेम्बर १२ मा तेस्रो स्थान र उपाधि भिडन्तको खेल हुनेछ ।
नेपाली टोली बिहीबार किर्गिस्तानतर्फ प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार टोलीलाई बिदा गरेको छ । बिदाईमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।
नेपाल महिला फुटबल टोली
१.एन्जिला तुम्बापो सुब्बा
२.अन्जना राना मगर
३.पुनम जर्घामगर
४.हिरा कुमार भुजेल
५. अमृता जैशी
६.दिपा राई
७.रेनुका नगरकोटे
८.अनिता बस्नेत
९.मन्जली कुमारी योञ्जन
१०.सरु लिम्बु
११.सावित्रा भण्डारी
१२.निरु थापा
१३.रेखा पौडेल
१४.अनिता केसी
१५.गिता राना
१६.कबिता धिमाल
१७.विमला चौधरी
१८.इन्दिरा राई
अफिसियल:
प्रशिक्षक – हरि खड्का
सहायक प्रशिक्षक – अरुणा गुरुङ
गोलरक्षक प्रशिक्षक – अस्मिता खवास
फिजियोथेरापीस्ट – नविना श्रेष्ठ
टिम डाक्टर – राजु डंगोल महर्जन
व्यवस्थापक – पेमा लामा
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]