9 years ago
June 5, 2016
अखिल नेपाल फुटबल संघको आयोजनामा भईरहेको सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बौद्ध फुटबल क्लब र स्वयम्भु क्लब विजयी भएका छन्|
दिनको पहिलो खेलमा बौद्धले खालीबारी क्लबलाई २-१ले पराजित गर्यो| रेलिगेसनबाट बच्न संघर्षरत दुवै टोलीका लागि तिन अंक एकदम महत्वपूर्ण थियो र अन्तिम स्थानमा अंकविहिन रहेको बौद्धले लिगमा खाता खोल्यो| २४औं मिनेटमा मनोज राइको गोलले अग्रता लिएको बौद्धले खालिबरिका करण तामाङ्गको गोलसंगै बराबरीमा पुग्यो| तर दिपेश तामाङले ८४ मिनेटमा गोल गरेसंगै बौद्धले तिन अंक पक्का गर्यो|
दिनको दोश्रो खेलमा समान तिन अंक बोकेका सानेपा र स्वयम्भु विचको खेलमा जमिर मास्केको १९औं मिनेटको गोलको मदतले स्वयम्भुले बाजी मार्यो|
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]
January 5, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]
January 4, 2025
लमजुङ (हाम्रो खेलकुद) – पहिलो सहभागितामै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब ३२औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा तीन पटकको च्याम्पियन बुद्ध युवा क्लब (बिवाइसी) भोेटेवडार लमजुङलाई शनिवार टाइब्रेकरमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा २–२ गोलको […]