5 years ago
September 3, 2019
एजेन्सी – दशक भन्दा लामो समयदेखि फुटबलमा क्रिस्टियानो रोनाल्डो चर्चामा छन् । उनले प्राप्त गरेका सफलताको सुचि लामो छ । उनले क्लबलाई दिलाएको सफलता होस् वा उनले प्राप्त गरेको व्यक्तिगत अवार्ड सुचिको पनि सुचि लामै छ ।
व्यक्तिगत रुपमा सबैभन्दा ठूलो मानिएको अवार्डले उनले लियोन मेस्सीले जस्तै ५ पटक जितिसकेका छन् । अहिले फेरि उनको नाममा अर्को अवार्ड थपिएको छ । उनी पोर्चुगिज बर्षका उत्कृष्ट खेलाडी चुनिका छन् । उनी उत्कृष्ट चुनिएको यो १० औं पटक हो ।
३४ वर्षे सुपर स्टारले देशको वार्षिक अवार्ड सन् २००७ यता उनी २०१० र २०१४ मा बाहेक सधै वर्षका उत्कृष्ट अवार्ड जित्दै आएका छन् । २०१० मा सिमाउ र २०१४ मा पेपे उत्कृष्ट बनेका थिए । युभेन्ट्सले लगातार आठौं पटक सिरि ‘ए’ जित्दा रोनाल्डो त्यसको हिस्सा थिए ।
यो अवार्डका लागि उनले एट्लेकिो म्याड्रिडका जाओ फिलिक्स, म्यानचेस्टर सिटीका बेर्नार्डो सिल्भा, स्पोर्टिङ लिस्बनका ब्रुनो फेर्नान्डेज र उल्भका रुविन नेभिसलाई पछि पारेका थिए । बेनफिकाका लागि अवार्डको दिन विषेश रह्यो । टोलीको महिला र पुरुष दुवै उत्कृष्ट टिम अफ दि इउरबाट सम्मानिजत भए । बेनफिकाका प्रशिक्षक ब्रुनो लागे उत्कृष्ट प्रशिक्षक चुनिए ।
हालै मात्र युइएफले प्लेयर अफ दी अवार्ड जित्नबाट चुकेका रुनाल्डो अब फिफा दि बेष्ट अवार्डको पर्खाइमा छन् । त्यसमा पनि यसअघिका अवार्डमा जस्तै लिभरपुलका भान डिक, बार्सिलोनाका मेस्सीसँग प्रतिस्पर्धा छ । द बेस्ट अवार्डको घोषणा सेप्टेम्बर २३ मा मिलानमा गरिनेछ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]