5 years ago
September 3, 2019
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रान्सफर विन्डोको अन्तिम दिन गोलरक्षक केलर नाभास र फरवार्ड माउरो इकार्डीलाई अनुबन्ध गरेको छ ।
प्रशिक्षक जिनेदिन जिदानले नाभासलाई पहिलो रोजाइमा राख्न नसक्ने प्रष्ट पार्दै क्लब छाड्न छुटकारा दिएपछि नाभासले पीएसजीको प्रस्ताव स्वीकारेका हुन् । पीएसजीले रियल म्याड्रिडसमक्ष नाभासलाई १५ मिलियन युरोमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो । यस प्रस्ताव स्वीकार गरेसँगै फ्रान्सेली टोलीबाट गोलरक्षक अल्फोन्स आरिओला भने एक सिजनका लागि लोनमा रियल म्याड्रिड जानेछन् ।
आरिओला फ्रान्सेली राष्ट्रिय टोलीमा समेत रहेकाले केहि दिनपछि मात्र उनलाई रियलले सार्वजनिक गर्नेछ । नाभास भने अब दुई दिनभित्र पीएसजी खेलाडीका रुपमा सार्वजनिक हुनेछन् । जिदानले थिबाउट कोर्टुवालाई आफ्नो पहिलो रोजाइका रुपमा राखेपछि नाभास क्लब छाड्न बाध्य भएका हुन् । रियलमा अब आरिओलासँगै आन्द्रिय लुनिन दोस्रो रोजाईका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यता इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले पदभार लिएसँगै इकार्डी आफ्नो योजनामा नरहेको बताउँदै आएका थिए । इन्टरले पनि उनलाई अन्यत्र क्लबमा आफ्नो भविष्य खोज्न भनेको थियो । तर इकार्डी र उनकी एजेन्ट तथा पत्नी वान्डा नाराले भने कुनै हालतमा क्लब नछाड्ने बताएका थिए । ट्रान्सफर विन्डोको अन्त्य नजिकिंदै गर्दा पनि प्रशिक्षक कोन्टेले निर्णय परिवर्तन नगरेपछि इकार्डी क्लब छाड्न तयार भएका हुन् ।
इन्टरले पीएसजीको एक सिजन लोन र त्यसपछि खरिद गर्न सक्ने विकल्पसहितको प्रस्ताव स्वीकार गरेको छ । पीएसजीमा हाल मुख्य फरवार्डद्वय किलीयन एमबाप्पे र एडिन्सन काभानी घाइते छन् । अर्का सुपरस्टार नेयमार पनि च्याम्पियन्स लिगका सुरुवाती खेलका लागि उपलब्ध छैनन् । फरवार्डको खोजीमा रहेको थोमस टुचेलको टोलीले इकार्डीलाई आफ्नो मुख्य हतियारको रुपमा हेरेको छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]