default_image

8 years ago

June 5, 2016

ब्राजिल रोकियो, पेरुको जित

48 views

0 Bookmark

वासिंटन (एजेन्सी) – ब्राजिल कोपा अमेरिकामा विजयी सुरुआत गर्नबाट चुकेको छ । अमेरिकामा जारी कोपा अमेरिकाको समूह बीको खेलमा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको हो । ब्राजिल विश्व फुटबलमा ठूलो नाम हो । तर इक्वेडरले पनि पछिल्लो केही महिना यता उच्च प्रदर्शन गर्दै आएको छ । सोही समूहको अर्को खेलमा पेरुले हाटीलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको हो ।

पेरु र हाइटीबीचको प्रतिस्पर्धा ।

पेरु र हाइटीबीचको प्रतिस्पर्धा ।

समूह एमा कोस्टा रिका र पाराग्वेले गोलरहित बराबरी खेल्दा आयोजक अमेरिका कोलम्बियासँग २–० निराश भएको छ ।
६१ औं मिनेटमा जोस पाउलो गुरेरोले गरेको गोल पेरुको जितका लागि पर्याप्ट रह्यो । त्यो गोलले गुरेरो पेरुका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले अहिले सम्म २७ गोल गरिसकेका छन् ।
क्रिस्टिना जापाटाले आठौं र हामेस रोड्रिग्वेजले ४२ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि कोलम्बियाले अमेरिकालाई पराजित गरेको हो ।

November 27, 2024

बार्यन र आर्सनलको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्यन म्युनिख र आर्सनल विजयी भएका छन्। बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० र आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङलाई ५-१ ले हो । खेलको ३८औं मिनेटमा किम मिन जाइले गरेको गोल नै बार्यनको जितका लागि पर्याप्त रह्यो । ५६औ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित […]

November 27, 2024

अग्रता जोगाउन नसक्दा सिटी रोकियो

एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा डच क्लब फेयनोर्डविरुद्ध अग्रता लिएर पनि बराबरीमा रोकिएको छ । बुधवार बिहान भएको खेलमा इङ्ग्लिस टोलीले फेयनोर्डसँग ३-३ को बराबरीमा रोकिएको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले ३ गोलको अग्रतालाई अन्त्यतिर जोगाउन नसक्दा बराबरीमा राकिएको हो । सिटीका लागि एर्लिङ हालान्डले २ तथा इल्के गुन्डोगानले १ […]

November 27, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस ला लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले फ्रान्सेली क्लब ब्रेस्टलाई पराजित गर्दै च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित हासिल गरेको छ । बुधवार बिहान भएको खेलमा बार्सिलोनाले ब्रेस्टमाथि ३-० को सहज जित दर्ता गरायो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा डानी ओल्मोले १ गोल गरे । खेलको १०औं मिनेटमा […]

Success

Thank you for your time.