5 years ago
August 31, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा अर्को बराबरी बेहोरेको छ । शनिबार साउथ ह्याम्प्टनसँगको खेलमा युनाइटेड १–१ को बराबरी खेलेको हो । पहिलो हाफमै लिएको अग्रतालाई युनाइटेडले जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो ।
डानियल जेम्सको गोलमा युनाइटेडले १० औं मिनेटमा अग्रता लिएको थियो । जानिक भेस्टागार्डले ५८ औं मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएका थिए ।
घरेलु मैदानमा साउथह्याम्पटनले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । केभिन डान्सोले ७३ औं मिनेटमा दोहोरो पहेलो कार्डपछि रातो कार्डको सामना गरेका थिए ।
४ खेलमा दोस्रो बराबरी बेहोरेको युनाइटेडको ५ अंक पुगेको छ । यो सिजनका ४ खेलमा युनाइटेडले १ जित , २ बराबरी र १ खेलमा हार बेहोरेको छ । ४ खेलमा साउथह्याम्पटनको ४ अंक नै छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]