5 years ago
August 31, 2019
एजेन्सी – स्टारत्रय नेयमार, केलियन एमबाप्पे र इडिन्सन काभानी विना पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा जित हासिल गरको छ । सिजनको पहिलो अवे खेलमा शुक्रबार साविक विजेता पिएसजीले मेट्जलाई २–० ले पराजित गरेको हो ।
यसैपटक बढुवा भएको मेट्जविरुद्ध एन्जल डी मारियालले १३ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । इरिक म्याक्सिम चोउपोले पहिलो हाफ हुनु केहि अगाडि गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए । इरिकको यो सिजनको तेस्रो गोल हो । उनले गत सिजन भर तीन गोल मात्र गरेका थिए ।
ब्राजिलियन स्टार नेयमारले यो सिजन पिएसजीबाट खेलेका छैनन् । बार्सिलोना फर्कने चर्चाका बीच उनलाई अहिले सम्म खेलाइएको छैन । एमबाप्पे र काभानी भने चोटका कारण मैदान बाहिर रहँदै आएका छन् । काभानी र एमबाप्पे चोटका कारण अझै केहि साता बाहिर रहनेछन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]