9 years ago
June 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलका सफल खेलाडीमध्येका एक उमेश प्रधान परिवारसहित अमेरिका गएको दशक बढी भइसकेको छ । अमेरिका जानुअघि उनले खेल जीवनमा दुई पटक दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेका थिए । सन् १९८४ र १९९३ मा नेपालले अहिले सम्म जितेका दुई स्वर्ण पदकको हिस्सा रहनेमा प्रधान र अहिले राष्ट्रिय टोलीका प्रशिक्षक राजु शाक्यमात्र हुन् । प्रधानले साफमा स्वर्ण पदक मात्र होइन घरेलु फुटबलमा पनि थ्रुपै पदक जिते भने २०५४ सालमा रुपक स्मृति पुरस्कारबाट सम्मानित भए । तर, कुनै पनि पदक प्रधानले आफुसँग राखेनन्, अमेरिका जाँदा सबै स्वदेश छाडेर गए । नेपाली फुटबलका एउटा सफलत पुस्ता प्रतिनिधित्व गरेका प्रधानले नेपाली फुटबललाई ताजा राख्न आफ्ना सबै उपलब्धी, पदक आप्mनो प्यारो क्लब अन्नपूर्ण आरसिटी क्लबलाई सुम्पेर गएका थिए ।
आठ दशकभन्दा लामो इतिहास बोकेको अन्नपूर्ण आरसिटी क्लबले फुटबललगायत खेलमा प्राप्त गरेको उपलब्धीलाई र प्रधानका व्यक्तिगत रुपमा प्राप्त गरेका ३२ वटा पदक समेत अब अबलोकन गर्न मिल्ने बनाएको छ । ६ पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको आरसिटीले क्लबले अहिले सम्म प्राप्त गरेको उपाधि, पदक ट्रफीलाई संग्रालयलमा राखेर सार्वजनिक गरेको छ ।
चार महिनाको प्रयासपछि स्थापना भएको संग्रालयको औपचारिक उद्घाटन भने हुन बाँकी छ । क्लबका सचिव राजु शाहीले भने, ‘यो सुरुआत मात्र गरेका हौं, अझै पनि हामीले आरसिटीबाट खेलेका पुराना खेलाडीलाई आफुसँग रहेका पदक, मेडल दिन आग्रह गरेका छौं । आउने दिनमा यो अझै विस्तार हुने आशा राखेका छौं ।’
क्लबको असन कमलाक्षीमा रहेको भवनको एउटा कोठामा अहिले संग्रालय स्थापना गरिएको छ । संग्रालयमा सहिद स्मारण लिगको ट्रफी, शुभजन्मोत्सव कप, राष्ट्रिय लिग ट्रफी, रामजानकी कप, महेन्द्र गोल्डकप, पासाङल्हामु ट्रफी, महेन्द्र गोल्डप, रुपक स्मृति अन्तर्राष्ट्रिय ट्रफीसहित दर्जनो पदक, क्लबले समय समयमा प्रयोग गरेका जर्सी राखिएको छ ।
अन्नपूर्ण क्लब आरसिटीको स्थापना १९८९ मा भएको थियो । १९९० को महाभूकम्पको एक बर्ष अगाडी सञ्चालित क्लबको छोटो नाम आरसिटी नै बढी लोकप्रिय रहँदै आएको छ । लामो इतिहास बोकेपनि टोली अहिले बी डिभिजनमा रहेको छ ।
राणकालिन समयमा राणाहरुको आ आफनै फुटबल टिम हुथ्यो । सर्वसाधारण जनताको टिमका रुपमा आरसिटीको जन्म भएको थियो । यस कारण राणा शासनको विरुद्ध लड्ने धर्मभक्त र गंगालालले पनि आरसिटीलाई सहयोग गरेका थिए । उनीअरु आरसिटीको खेल हर्ने जहिले जाने गरेको त्यहाँका बुढापाका अहिले पनि सम्झन्छन् ।
त्यसबेला स्थानीय युवाहरुले अभ्यास गर्ने थलोको रुपमा तीनधारा पाठशालाको अगाडी रहेको हाल त्रिचन्द्र कलेज रहेको स्थानमा राजेको थियो । जुन स्थानबाट रानीपोखरी पनि संगै रहेकोले पछि यसै पोखरीको नामबाट रानीपोखरी कर्नर टिम (आरसिटी) स्थापना गरी सञ्चालनमा लाइएको थियो ।
राणा प्रधानमन्त्री वीरशम्सेरका छोरा तत्कालीन कमाण्डनर इन चिफ रुद्र शम्सेर आरसिटी स्थापना गर्ने कार्यमा सहयोग गरेको थियो । त्यतिबेला फुटबल प्रतियोगिताभन्दा एकले अर्को टिमलाई निम्ता गरेर मैत्रीपूर्ण फुटबल आयोजना गर्ने चलन थियो । आरसिटीको अभ्यास गर्ने ठाँउ तीनधारा पाठशालाको अगाडि रानीपोखरीसँगै रहेको मैदानमा गर्ने भएकाले सो स्थानसँगै जोडिएको मस्जिदमा आउने मुसलमाहरु पनि यस क्लबसँग आबद्ध भएका थिए । राणाविरुद्ध खेल्ने यस आरसिटीले पहिलो पटक टुडिखेलमा आयोजित पाँच फुट मुनिका खेलाडीबीच हुने देवीमाया कपमा सहभागिता जनाएको थियो ।
आरसिटीले पहिलो पटक आधिकारिी फुटबलको यात्रा २०२४ सालको सहिद स्मारक बी डिभिजन लिग फुटबलबाट सुरु गरेको थियो । विस २०२५ सालमा यस क्लबले उपविजेताका रुपमा ए डिभिजनमा प्रवेश पाएको थियो । त्यो बेला सम्म आरसिटी स्थायिन रुपमा लोकप्रिय बनिसकेको थियो । आरसिटीले खेल्ने हरेक दिन स्थानिय टोलीबासी आफ्नो काम व्यापार बन्द गरेर टोलीको हौसला बढाउन मैदानमा पुग्थे । यस क्लबले फुटबल खेलसँगसँगै अन्य खेलकुद भलिबल, एथलेटिक्स र पौडीमा पनि सहभागिता जनाएको इतिहास छ । आरसिटीले २०३२ देखि २०५० सालसम्म भलिबलमा पनि सक्रिय सहभागिता जनाएको थियो । संग्रालयमा भलिबल, एथलेटिक्स र पौडीमा मा प्राप्त गरेका उपाधि पनि राखिएका छन् ।
आरसिटीले विस २०२८, २०२९,२०३० मा लगातार सहित स्मारण ए डिभिजन लिग फुटबलको उपाधि जितेको संग्रालयमा रहेको ट्रफीले प्रष्ट पार्दछ । त्यस्तै क्लबले २०३३, २०३७ र २०३८ सालमा पनि ए डिभिजन लिग उपाधि जितेको थियो । नेपाली फुटबलमा लिग फुटबलमा त्यो दोस्रो ठूलो सफलता हो । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले अहिले सम्म ७ पटक ए डिभिजन लिग जितिसकेको छ । अन्नपूर्ण क्लबले २०३९ मा एक पटक सहिद स्मारक ए डिभिजन लिग जितेको थियो । त्यसैले समग्रमा अन्नपूर्ण र आरसिटीले गरि ७ पटक लिग जितेको छ ।
आरसिटी त्यस्तो क्लबको जो सँगै एक समय ए डिभिजनमा तीनवटा टिम थिए । आरसिटी २०२५ सालमा , अन्नपूर्ण २०२७ सालमा र अर्को सुपर आरसिटी २०३२ सालमा ए डिभजनमा पुगेका थिए । तीनै क्लबले फुटबलमा थ्रुपै सफलता हासिल गरेको थियो ।
अन्नपूर्ण आरसिटीले प्राप्त गरेका सबै सफलता र यसको लामो इतिहासको अध्ययन गर्न अब सहज भएको छ । क्लबले आफ्नै भवनमा संग्रालय स्थापना गरेर नेपाली फुटबल र त्यसमाथि आरसिटीको इतिहास जान्ने इच्छा राख्नेका लागि अब एउटा सजिलो माध्यम बनेको छ । शनिबार औपचारिक सुरआत गरेको संग्रालयको केही सयमपछि औपचारिक उद्घाटन गरिने क्लबले जनाएको छ । क्लबले आउने दिनमा पुनः ए डिभिजन प्रवेशलाई लक्ष्य बनाएको छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]