6 years ago
August 29, 2019
एजेन्सी – प्रिमियर लिग क्लब एभर्टन इएफएल कपको अर्काे चरणमा प्रवेश गरेको छ । दोस्रो राउन्डमा एभर्टनले लिग वान क्लब लिन्कन सिटीलाई ४–२ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको हो ।
एभर्टनको जितमा लुकास डिग्ने, गिल्फी सिगुर्डसन, एलेक्स इओवी र रिचार्लीसनले गोल गरे । घरेलु टोलीका लागि ह्यारी एन्डरसन र ब्रुनो एन्डराडेले गोल गरे ।
खेलको १८ सेकेन्डमै ह्यारी एन्डरसनको गोलबाट पाहुना टोली खेलमा पछि परेको थियो । ३६औं मिनेटमा लुकास डिग्नेले बराबरी गोल गरे । ५९औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई २–१ ल्े अघि बढाएका थिए ।
७०औं मिनेटमा ब्रुनोले घरेलु टोलीलाई २–२ गोलको बराबरीमा ल्याएका थिए । तर, त्यसपछि घरेलु टोलीले सोही प्रदर्शनलाई निरन्तरता दिन सकेन । ८१औं मिनेटमा एलेक्स इओवी र ८८औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई ४–२ को जित दिलाए ।
इएफएल कपको अन्य खेलको नतिजा
बर्नमाउथविरुद्ध फरेस्ट ग्रीन (०–०) पेनाल्टी (३–०)
बर्नली विरुद्ध सन्डरल्यान्ड (१–३)
न्यु क्यासलविरुद्ध लेस्टर सिटी (१–१) पेनाल्टी (२–४)
क्युपिआरविरुद्ध पोर्टसमाउथ (०–२)
रोदरह्यामविरुद्ध सेफ वेड (०–१)
स्वान्सी सिटीविरुद्ध क्यामब्रिज (६–०)
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]