5 years ago
August 31, 2019
एजेन्सी – अर्जेन्टिनी फरवार्ड डिबाला पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने सम्भावना बढेको पत्रकार तथा फुटबल अर्पेशन कन्स्ल्ट्यान्ट इयान म्यागेरीले बताएका छन् । माउरिजियो सारी प्रशिक्षकमा रुपमा युभेन्ट्स पुगेदेखि नै अर्जेन्टिनी डिबालाले क्लब छाड्ने सम्भावना थियो ।
२५ वर्षे फरवार्ड यसअघि म्यानचेस्टेर युनाइटेड र टोटेनहम जाने चर्चा चलेको थियो । यद्दपी त्यो सम्झौता हुन सकेन । तर, उनले क्लब छाड्ने सम्भावना भने अझै रहेको बताइएको छ । किनकी ट्रान्फर विन्डो अझै केहि दिन खुला रहेकोले डिबाला युभेन्ट्सबाट पिएसजी जाने सम्भावना छ ।
सुपर स्टार नेयमार बार्सिलोना जाने सम्भावना बढेपछि डिबाला पिएसजी जान सक्ने अनुमान गरिएको छ । म्यागेरीको भनाई मान्ने हो भने डिबालाका एजेन्टले पनि डिबाला पिएसजी जाने सम्झौता भएको स्वीकार गरेका छन् । नेयमार भने पिसएजीबाट स्पेन जाने लगभग तय छ ।
‘ मैले प्राप्त गरेको सुचना अुनसार युभेन्ट्सको परिवर्तित खेलाडीका रुपमा रहेका डिबाला पेरिस जाने बलियो सम्भावना छ ,’ उनले भने, ‘डिबालाका एजेन्ट र दाजुका अनुसार पिएसजीसँगको सम्झौताको सहभागित भइसकेको छ । यद्दपी त्यसका लागि नेयमार स्पेन जानुपर्नेछ । ‘
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]