9 years ago
June 4, 2016
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा गत जेष्ठ १० गतेदेखि सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन फुटबल प्रतियोगिता सुरु भएको छ। तेह्र टोलि सम्मिलित सो प्रतियोगितासंगै एन्फाले अब ‘बि’ र त्यो सकिएलगत्तै ‘ए’ डिभिजन लिग पनि सुरु गर्ने लक्ष्य लिएको छ। विगतको तुलनामा ‘सी’ डिभिजन क्लबहरुको खेलस्तर निकै उठेको सहभागी क्लबसंग सम्बन्धित खेलाडी एवं प्रशिक्षकहरुले पनि बताएका छन्।
सहभागी १३ क्लबहरुलाई २ समुहमा विभाजन गरेर राउण्ड रोबिन लिगको पद्दतिमा लिग खेलाएर प्रत्यक समूहबाट शिर्ष दुइ टोलि सुपर लिगको लागि छनोट हुने व्यवस्था रहेको छ। सुपर लिगमा चार टोलीले एक आपसमा खेल्ने र शिर्ष दुइ टोलि बि डिभिजनमा बढुवा हुनेछन्। यसका साथै दुवै समुहबाट अन्तिम स्थानमा रहने एक-एक टोलिको घटुवा पनि हुनेछ| ज्ञानभैरव क्लब र युनाईटेड क्लब सहभागिता नजनाएकाले स्वत: घटुवा भइसकेका छन्।
हालै मात्र सी डिभिजनको छनोटबाट माथि आएको मनोहरा युनाइटेड युवा क्लबले ‘समूह बि’को पहिलो खेलमा सानोगौचरण क्लबलाई सजिलै हरायो। पहिलो खेलदेखि जितको सिलसिला सुरु गरेको मनोहरा चौथो चरणसम्म पनि सोहि लयमा देखिएको छ। आफुले खेलेको चारै खेलमा जित हात पारेको मनोहरा सुपर लिग पुग्ने लगभग पक्का भइसकेको छ। सोहि समुहमा रहेको ओसिस क्लबले पनि तिन खेलमा तिन जित हात पार्दै आफ्नो स्थान बलियो बनाएको छ। बौद्ध फुटबल क्लब शुन्य र खालीबारी एक अंक सहित अन्तिम दुइ स्थानमा छन् र उनीहरुबिचको खेलले नै कुन टोलि तल झर्ने भन्ने छिनोफानो गर्न एकदम महत्वपूर्ण साबित हुने पक्का छ। सोहि समुहमा बिरगंज युथ सात अंक (तेश्रो), प्लानिङ्ग बोइज पांच अंक (चौथो) र सानो गौचरण तिन अंक सहित पाँचौ स्थानमा छन्।
अर्को समुह ‘ए’मा भने आफ्नो पहिलो खेल एकआपसमा गोलरहित बराबरी खेलेका झम्सिखेल र श्री भगवती समान सात अंक सहित शिर्ष दुइ स्थानमा छन्। यी ददुवै टोलीले कुनै गोल खाएका छैनन् र सुपर लिगमा पुग्न आतुर देखिन्छन। सोहि समुहमा समाज कल्याण चार अंक सहित तेश्रो स्थानमा छ भने सानेपा र स्वोयाम्भु समान तिन अंक बोकेर चौथो र पाँचौ स्थानमा छन्। तिन खेलमा एक अंक मात्र जोडेको नवज्योति पुछारमा रहेर रेलिगेसनको खतरा बोकिरहेको छ।
२२ खेल सकिंदासम्म १८ जित/हार र चार बराबरी भएको छ। अझैपनि माथि चढ्ने र तल झर्ने टुंगो नलागेकाले ७६ गोल भइसकेको यस प्रतियोगिताको अन्त्य एकदम रोमान्चक हुने पक्का छ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]