6 years ago
August 28, 2019
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानको स्टार खेलाडी गेराथ बेललाई हेर्ने दृष्टिकोणमा फरक देखिन थालेको छ । कुनै समय तत्काल क्लब छाडे हुन्छ भन्ने जिदानले अहिले बेललाई टोलीको महत्वपूर्ण खेलाडी भएको बताएका छन् ।
बेल यहि समरमा रियल छाड्ने योजनामा थिए । जिदानले पनि उनलाई जान सक्ने संकेत गरेका थिए । बेल चाइनिज सुपर क्लब जाने झन्डै झन्डै तय भइसकेको थियो । तर, अन्तिम समयमा त्यो सम्झौता हुन सकेन ।
तर अहिले परिस्थिति बदलिएको छ । बेलले पनि नियमित मौका पाउने सम्भावना बढेको छ ।’ धेरै खेलाडी पहिलो रोजाईमा पर्नका लागि प्रयासरत हुन्छन् । क्लबका लागि त्यो चाखलाग्दो पक्ष हो, ‘जिदानले भनेका छन्, ‘अहिलेको परिस्थिति अनुसार हाम्रो बीचमा कुराकानी भएको छ । उनीसँग पनि मैले कुरा गरेको छु । महत्वपूर्ण कुरा उनी क्लबमा बस्न चाहन्छन् र हामी उनलाई गणना गरिरहेका छौं । ‘
उनले थपे, ‘उनी साच्चै हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन् । उनको प्रदर्शन पनि सन्तोषजनक छ । ‘ रियलले सिजनको सुरुवात जितका साथ गरेको थियो । पछिल्लो खेलमा भने टोली रियल भालाडोलिडसँग बराबरीमा रोकिएको थियो । २ खेलमा ४ अंकसहित रियल अहिले अंक तालिकाको तेस्रो स्थानमा छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]