6 years ago
August 27, 2019
एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) संकटमा परेको छ । आफ्ना मुख्य खेलाडी केलियन एमबाप्पे चार र एडिन्सन काभानी चोटका कारण तीन साता मैदान बाहिर रहने भएपछि पीएसजीलाई समस्या हुने भएको हो ।
एमबाप्पे र काभानीले लिग वान अन्तरगत आइतबार राति टोलुसोविरुद्ध ४–० को जित निकालेको खेलमा चोट बोकेका थिए । ह्यामस्ट्रिङको चोटका कारण एमबाप्पे चार साता तथा ग्रोइन समस्याका कारण काभानी तीन साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।
काभानी पहिलो हाफमा तथा एमबाप्पे दोस्रो हाफमा चोट बोक्दै मैदान बाहिरिएका थिए । खेलको १३औं मिनेटमा काभानीको स्थानमा इरिक म्याक्सिम र ६६औं मिनेटमा एमबाप्पेको स्थानमा अर्थर मैदान प्रवेश गरेका थिए ।
अर्का स्टार फरवार्ड नेयमार स्पेनिस क्लबसँग जोडिएपछि मुख्य प्रशिक्षक थोमस टचेल नेयमार बिनै टोली छनोट गरिरहेका छन् । मुख्य खेलाडी नै चोटग्रस्त बनेपछि पीएसजीको अग्रपङ्ति इरिक म्याक्सिम र जेसे रोड्रिग्वेजले सम्हाल्नेछन् । पीएसजीले अन्तराष्ट्रिय विश्रामअघि लिग वानमा मेट्जसँग शुक्रबार प्रतिस्पर्धा गर्दैछ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]