6 years ago
August 26, 2019
एजेन्सी – वैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङ चम्कँदा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ ।
घरेलु मैदानमा आइतबार भएको खेलमा पीएसजीले टोलुसोमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा इरिक म्याक्सिम चुपो मोटिङले दुई तथा मार्किनेसले एक गोल गरे । एक गोल उपहार पाएको थियो ।
पार्क डि प्रिन्सेस पेरिसमा आइतबार राति घरेलु टोलीले टोलुसोलाई खेलको सुरुवातदेखि नै लगातार दवावमा दिएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । चोटका कारण खेलको १४औं मिनेटमा एडिन्सन काभानीको स्थानमा मैदान छिरेको इरिक म्याक्सिमले ५०औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
५५औं मिनेटमा आत्मघाती गोलबाट पीएसजी खेलमा २–० ले अघि बढ्यो । डि मारियाको क्रसमा पाब्लो सारावियाले फ्लिक गरेको बल म्याथ्यु गोन्कालभेसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
७१औं मिनेटमा एन्जल डि मारिया पेनाल्टीमा चुक्यो । गोन्कालभेसले पेनाल्टी एरियामा डि मारियालाई लडाएपछि प्राप्त पेनाल्टीमा डि मारियाको प्रहारलाई गोलरक्षक बाप्टिस्टे रेनेटले बचाएका थिए । तर, ७५औं मिनेटमा इरिकले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । उनले जुआन बर्नाटको पासमा गोल गरेका थिए ।
खेल सकिन ७ मिनेट बाँकी रहँदा मार्किनेसले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए । जितसँगै पीएसजी ३ खेलबाट ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोलुसो ४ अंका जोडेर १२औं स्थानमा छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]