6 years ago
August 25, 2019
एजेन्सी – विश्वकीर्तिमानी सुपरस्टार फरवार्ड नेयमारले क्लब छाड्ने चर्चा चलिरहँदा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब क्रिस्टल प्यालेसका फरवार्ड विल्फ्रिड जाहालाई क्लबमा अनुबन्ध गर्ने तयारी थालेको छ ।
पीएसजीले जाहा अनुबन्ध गर्नको लागि आफ्ना प्रतिनिधिलाई लण्डन पठाएको डेलीमेलमा उल्लेख छ । आइभोरी कोस्टका २६ वर्षे जाहाको लागि क्लबले १०० मिलियन पाउण्ड खर्चने उल्लेख छ । समर ट्रान्सफर विन्डो सकिन एक साता बाँकी रहदा पीएसजीले जाहा अनुबन्धको तयारी गरेको हो । जाहाले गतवर्ष नै प्यालेसमा ५ वर्षको सम्झौता गरेका थिए । जाहालाई अनुबन्ध गर्न इंग्लिस टोली आर्सनल र एभर्टनले पनि चासो देखाएपनि अनुबन्ध गर्न सफल भएन ।
पीएसजीले नेयमार गुमाए युभेन्टसका पाउलो डिब्यालालाई अनुबन्ध गर्न सक्नेछ । जसका लागि युभेन्टसले टोटेनहमका क्रिस्टियन इरिक्सनलाई क्लबमा अनुबन्ध गर्नुपर्ने हुन्छ । डिब्यालाको अनुबन्धले जाहाको अनुबन्धमा केही असर नपर्ने क्लबले उल्लेख गरेको छ ।
ब्राजिलियन फरवार्ड नेयमार अनुबन्धको लागि पछिल्लो समय स्पेनका दुई क्लब बार्सिलोना र रियाल म्याड्रिड लागिपरेका छन् । नेयमारको उचित मुल्य नपाएको भन्दै पीएसजीले दुवै टोलीको प्रस्तावलाई अस्वीकार गरिरहेको छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]