6 years ago
August 24, 2019
एजेन्सी – डिफेन्डर जर्जियो किएलिनीको एकमात्र गोलमा साविकको विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा कठिन जित निकालेको छ ।
युभेन्टसले घरेलु टोली पार्मामाथि १–० को कठिन जित निकालेको हो । युभेन्टसको जितमा किएलिनीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको २१औं मिनेटमा एलेक्स सान्ड्रोको पासमा गोल गरेका थिए ।
अग्रपङ्तिमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो, गोन्जलो हिगुआइन र डग्लस कोस्टाजस्ता स्तरीय फरवार्ड उतार्दै घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि युभेन्टसले थप गोल गर्न सकेन । किएलिनीको गोल नै निर्णायक बन्यो ।
पछिल्लो समय ट्रान्सफर बजारमा चर्चित रहेका अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र नयाँ डिफेन्डर म्याथिस डे लिग्ट पुरै समय बेन्चमा रहे । जितसँगै युभेन्टसको ३ अंक भएको छ । पार्मा अंकविहीन छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]