6 years ago
August 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लबले लिगा वानमा फेरि अर्को बराबरी खेलेको छ । पर्सिजाले शनिबार पर्सेबाया सुरबायासँग १-१ को बराबरी खेलेको छ ।
खेलमा लिएको अग्रता जोगाउन नसक्दा पर्सिजाले अर्को बराबरीमा चित्त बुझाउनु परेको हो । १२ औं खेलमा टोलीको यो सातौ. बराबरी हो । ६९ औं मिनेटमा मार्को सिमिकको गोलबाट पर्सिजाले अग्रता लिएको थियो । तर खेल सकिन १० मिनेट बाँकी रहँदा मिस्बाकुस सोलिकिनले पेनाल्टीमा गोल फर्काएपछि खेलमा बराबरी भएको थियो ।
अघिल्लो खेलमा पर्सिजा जित्दा म्यान अफ दी म्याच घोषित रोहितले शनिबार पुरै समय खेलेका थिए । साविक विजेता समेत रहेको पर्सिजाको यो सिजन सन्तोषजनक हुन सकेन । १२ खेलमा टोलीले २ खेल मात्र जितेको छ ।
पर्सिजाले ३ खेल हारेको छ । १३ अंकसहित पर्सिजा १४ औं स्थानमा छ । पर्सेबायाको १६ खेलमा २२ अंकका साथ सातौं स्थानमा छ । १५ खेलमा १२ जित हासिल गरेको बाली युनाइटेड ३७ अंकसहित शीर्षस्थानमा छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]