6 years ago
August 24, 2019
एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ । डर्टमन्डले शुक्रबार राति भएको खेलमा डर्टमन्डले एफसी कोलोग्नीलाई ३–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
डर्टमन्डले यसअघि पहिलो खेलमा अग्सवर्गमाथि ५–१ को फराकिलो जित निकालेको थियो ।
कोलोग्नीको घरेलु मैदानमा डर्टमन्डले एक गोलले पछि परेको अवस्था उल्ट्याएर जित निकालेको हो । डर्टमन्डको जितमा जाडोन सान्चो, आचरफ हाकिमी र पाको अल्कासरले गोल गरे । घरेलु टोलीका डोमिनिक ड्रेक्सलरले गोल गरे ।
खेलको नवौं मिनेटमा डोमिनिकको गोलबाट डटएमन्ड पछि परेको थियो । डोमिनिकले इलियसको पासमा गोल गरेका थिए । एक गोलले पछि परेपछि लगातार पोस्ट आक्रमण बुन्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोलका लागि ७०औं मिनेटसम्म कुर्नुपरेको थियो ।
७०औं मिनेटमा युवा सनसनी जाडोन सान्चोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले थोर्गान हजार्डको पासमा गोल गर्न सफल भएको थियो । पहिलो गोल गरेसँगै खेलमा फर्किएको डर्टमन्डको लागि आचरफ हाकिमीले गोल गर्दै खेललाई २–१ ले अघि बढाए ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पाको अल्कासेरले गोल गर्दै डर्टमन्डलाई ३–१ को जित दिलाए । उनले सान्चोको पासमा गोल गरेका थिए ।
लगातार दोस्रा जितसँगै डर्टमन्डको ६ अंक पुगेको छ । कोलोग्नी अंकविहीन छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]