6 years ago
August 23, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका जापानी मिडफिल्डर ताकेफुसा कुबोले यस सिजन लोनमा रियल मालोर्काबाट खेल्ने भएका छन् ।
यसै सिजन शीर्ष डिभिजनमा चढेको मालोर्काले कुबोलाई लोनमा ल्याउने प्रस्ताव राखेको थियो । रियलले आफ्नो पहिलो टोलीमा उनलाई नराख्ने भएपछि शीर्ष श्रेणीको अनुभव बटुल्न मालोर्का पठाएको हो । रियल भालाडोलिडले पनि कुबोलाई अनुबन्ध गर्ने इच्छा व्यक्त गरेको थियो, तर मालोर्काले खेल समय दिने सम्भावना बढी देखेपछि म्याड्रिडले उनलाई त्यसतर्फ पठाएको हो ।
रियलले दोस्रो डिभिजनमा खेल्ने कास्टिला टोलीबाट खेलाउनुभन्दा मालोर्कामा खेल्दा उनले शीर्ष लिगको अनुभव बटुल्ने आशा गरको छ । कुबो यसै सिजनको सुरुवातमा रियल आएका हुन् । यसअघि पनि मालोर्काबाट जापानी खेलाडी योशितो ओकुबो र अकिहितो इएनागाले खेलिसकेका छन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]