default_image

6 years ago

August 20, 2019

बार्सिलोनालाई चोटको पिरलो, डेम्बेले पनि थपिए

63 views

0 Bookmark

एजेन्सी – नियमित कप्तान लियोनेल मेस्सीलाई चोटका कारण ला लिगाको पहिलो खेलमा गुमाएको बार्सिलोनालाई खेलाडी चोटको भार बढेको छ ।

चोटकै कारण मेस्सी एथ्लेटिक बिल्वाओविरुद्ध अनुपस्थित रहँदा सोही खेलमा उरुग्वेन फवार्ड लुइस सुआरेज चोट बोक्दै मैदानबाट बाट बाहिरिएका थिए । यो भीडमा औसमाने डेम्बेले पनि थपिएका छन् ।

डेम्बेले पनि घाइते भएपछि बार्सिलोना थप समस्यामा परेको छ । चोटकै कारण कप्तान मेस्सी र लुइस स्वारेज पनि टिम बाहिर छन् । बिल्वाओविरुद्धको खेल बार्सिलोनाले १–० ले गुमाएको थियो ।

२२ वर्षीय फ्रेन्च युवा फरवार्ड ओस्माने डेम्बेले ह्यामिस्ट्रिङ चोटका कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने भएका छन् । मेडिकल रिपोर्ट अनुसार उनको बायाँ खुट्टाको ह्यामिस्ट्रिङ भएको छ । बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब बार्सिलोनाको अग्रपङ्तिमा एन्टोइन ग्रिजमन रहेका छन् । मेस्सी र सुआरेज अर्काे साता हुने खेलको लागि फर्कने सम्भावना छ । बार्सिलोनाले अर्काे साता रियल बेटिससँग घरेलु मैदानमा खेल्दैछ ।

डेम्वेले २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट १०५ मिलियन पाउन्डमा क्याटलान क्लबमा आएका थिए । डेम्वेलेले बार्सिलोनाका लागि हालसम्म ६६ खेलमा १८ गोल गर्दै १७ असिस्ट दिएका छन् ।

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

Success

Thank you for your time.