6 years ago
August 20, 2019
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका प्रशिक्षक माउरिजियो सार्री निमोनियाले ग्रस्त भएका छन् । ६० वर्षीय सार्रीलाई सुरुवातमा सामान्य ज्वरो आएको भनिएपनि पछि उनलाई विस्तृत परिक्षणपछि निमोनिया लागेको पत्ता लागेको हो ।
सोमबार विहानसम्म पनि क्लबमा रहेका सार्रीलाई दिउँसो परिक्षणका लागि लागिएको थियो । उनले गत साता ट्रीएस्टिनाविरुद्ध भएको मैत्रीपूर्ण खेल पनि विश्राममा रहेका थिए । उनले अब शनिबार हुने लिगको सुरुवाती खेलमा उपस्थित हुने नहुने बारे पक्का रहेको छैन । युभेन्टसले लिगको पहिलो खेलमा पार्मासंग खेल्दैछ ।
इटालियन क्लबका पूर्व प्रशिक्षक समेत रहेका सार्री गत सिजन चेल्सी पुगेका थिए । चेल्सीमा उनले युरोपा लिग उपाधि जितेपनि युभेन्टसको प्रस्ताव आएपछि पुन: इटाली फर्केका थिए ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]