6 years ago
August 20, 2019
एजेन्सी – उपाधि दावेदार म्यानचेस्टर युनाइटेड वल्भ्ससँग बराबरीमा रोकिएको छ । युनाइटेडले शुरुवाती अग्रता र पेनाल्टीमा गोल गर्न नसक्दा घरेलु टोली वल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
खेलको २७औं मिनेटमा एन्थोनी मार्सियलको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । मार्सियलले उनले मार्कुस रासफोर्डको पासमा गोल गरेको थिए ।
दोस्रो हाफमा शुरुवाती समयमौ घरेलु टोलीले खेललाई बराबरीमा ल्याउन सफल भयो । ५५औं मिनेटमा रुवेन नेभेसले जाओ मौटिन्होको पासमा गोल गरेका थिए ।
६८औं मिनेटमा युनाइटेडले खेलमा अघि बढ्ने अवसर पाएको थियो । रायन बेन्नेटलले मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा पल पोग्वा चुकेका थिए । पोग्वाको प्रहार वल्भ्सका गोलरक्षक रुइ पेट्रेसियोले बचाएका थिए ।
अघिल्लो खेलमा चेल्सीलाई ४–० ले पराजित गरेर हौसिएको युनाइटेडले वल्भ्सलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा अंक बाड्न बाध्य भए ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]