6 years ago
August 19, 2019
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले ला लिगामा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १-० ले पराजित गर्यो ।
स्पेनिस फरवार्ड अल्भारो मोराटाले खेलको एकमात्र गोल गरे । उनले २३ अौं मिनेटमा काइरान ट्रिपिएरको क्रसलाई सदुपयोग गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ट्रिपिएर यसै सिजन टोटेनहमबाट म्याड्रिड पुगेका हुन् ।
पहिलो हाफमा नै दुवै टोली १० खेलाडीमा सिमित भएका थिए । गेटाफेका जोर्गे मोलिनाले ३८ अौं मिनेटमा रातो कार्ड पाए । त्यसको केहि बेरमा नै रेनान लोडीले १ मिनेटको अन्तरमा दुई पहेंलो कार्ड पाएका थिए ।
खेलको ५५ अौं मिनेटमा जोआअो फेलिक्सले खेलको मध्य भागबाट उत्कृष्ट बल नियन्त्रण बनाउँदै बढाएको मुभ पेनाल्टी क्षेत्रभित्र पुगेपछि उनलाई लडाउँदा एट्लेटिकोले पेनाल्टी पाएको थियो । तर मोराटाले प्रहार गरेको पेनाल्टी गेटाफेका गोलरक्षक सोरियाले रोकिदिए ।
लिगको पहिलो खेलमा साविक विजेता बार्सिलोना पराजित हुँदा उपाधि दावेदार मानिएका दुई म्याड्रिड टोलीले विजयी सुरुवात गरेका छन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]