6 years ago
August 19, 2019
एजेन्सी – साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा अप्रत्यासित हार बेहोरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेनिससँग २–१ को अप्रत्यासित हार बेहोरेको हो ।
पीएसजीले शुरुवाती अग्रता जोगाउन नसक्दा लिग वानको दोस्रो चरणमा हार बेहोरेको हो । पीएसजीलाई स्तबध् बनाउन एम बाय नियाङ र रोमेन डेल क्यास्टिलोले गोल गरे । पीएसजीका एडिन्सन काभानीले गोल गरे ।
पाहुना टोलीका लागि एडिन्सन काभानीको गोलबाट पीएसजी खेलमा अघि बढेको थियो । काभानीले खेलको ३६औं मिनेटमा गोल गरेका थिए । ४४औं मिनेटमा एमबायले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको शुरुमै रोमेन डेल क्यास्टिलोले गोल गरेपछि रेनिस खेलमा २–१ ले अघि बढेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजीले अप्रत्यासित हार बेहोर्न पुग्यो ।
अग्रपङ्तिमा केलियन एमबाप्पे, एन्जल डि मारिया र काभानी रहेपनि पीएसजीले जित निकाल्न सकेन । पीएसजीले रेनिसविरुद्ध पनि आफ्ना स्टार फरवार्ड नेयमारलाई टोलीमा समेटको थिएन । नेयमार पीएसजी छाड्दै बार्सिलोना वा रियाल म्याड्रिड आउने हल्ला छ । तर, उनी शुक्रबारदेखि पीएसजीको प्रशिक्षणमा सामेल भएका छन्।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]