6 years ago
August 19, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखमा एक वर्षका लागि लोनमा आबद्ध हुने क्रममा रहेका फिलिप्पे काउटिन्हो मेडिकल परिक्षणका लागि म्युनिख पुगेका छन् । क्लबमा आबद्ध हुने औपचारिकता पुरा गर्न म्युनिख पुगेपछि काउटिन्होले क्लबका समर्थकसँग मुस्कुराउँदै तस्बिर खिचाएका थिए ।
बायर्न र बार्सिलोनाबीच उनको विषयमा एक वर्षको लोन सम्झौता भएको थियो । जसका कारण शुक्रबार ला लिगामा बार्सिलोनाको एथलेटिको बिलबाओसँगको खेलमा उनी टोली थिएनन् । त्यो खेलमा बार्सिलोनाले १–० ले गुमाएको थियो ।
त्यसअघि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नेयमार भित्राउने र काउटिन्होलाई पिएसजी पठाउने बार्सिलोनाको योजनामा पहिल सफल हुन सकेन । अहिले लोन सम्झौता एक वर्षको भएपनि अर्को वर्ष बायर्नले चाहेमा स्थायी रुपमा उनलाई राख्न सक्नेछ ।
लगातार सात पटक बुन्डेसलिगा च्याम्पियन बार्यनको पनि यसपटकको सुरुवात बराबरीबाट भएको छ । शुक्रबार हेराथ बर्लिन र बार्यनबीचको खेल २–२ को बराबरीमा टुंगिएको थियो । शनिबार साल्केविरुद्ध हुने खेलमा काउटिन्होले खेल्ने सम्भावना रहेको छ । टोलीको बराबरीपछि बार्यनका सिइओ कार्ल हेन्ज रुमिनिगीले दुई क्लबबीच सम्झौता भएको जानकारी दिएका थिए ।
‘केहि दिनमा उनी म्युखिन आउनेछन् । यहाँ आएपछि स्वास्थ्य परिक्षण हुनेछ र उनले सम्झौता गर्नेछन्,’ उनले भनेका थिए, ‘बार्सिलोनालाई धन्यवाद दिन चाहन्छु । त्यहाँका अध्यक्ष पनि मेरो राम्रो मित्र हुन् । त्यसै कारण पनि हामी खेलाडी लिन सफल भयौं । उनी हाम्रो लागि महत्वपूर्ण हुनेछन् । नामका हिसाबले मात्र होइन, जसरी उनी खेल्छन् । आक्रमक खेलका लागि उनी क्षमतावान छन् । र हामी खुसी छौं । ‘
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]