6 years ago
August 17, 2019
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । घरेलु टोली आर्सनलले बर्नलीमाथि २–१ कठिन जित निकालेको हो ।
इमिरेट्स स्टेडियममा शनिबार साँझ भएको खेलमा आर्सनललाई जिताउन पिएरे हेनरिक औवामियाङ र एलेसन्डर अर्नाेल्डले गोल गरे । बर्नलीका एस्ले बार्नेसले एक गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलको १३औं मिनेटमा एलेसन्डर अर्नाेल्डको गोलबाट आर्सनल खेलमा अघि बढेको थियो । उनले ड्यानियल सेवालसको पासलाई गोलमा परिणत गरेका थिए ।
४३औं मिनेटमा बर्नलीले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
६४औं मिनेटमा पिएरे हेनरिक औवामियाङले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल २–१ ले विजयी रहन सफल भयो ।
नयाँ सिजनमा आर्सनलको यो लगातार दोस्रो जित हो पहिलो खेलमा आर्सनलले न्यु क्यासलमाथि १–० को जित निकालेको थियो । लगातार दोस्रो जितसँगै आर्सनलले ६ अंक जोडेको छ । बर्नलीको दुई खेलबट ३ अंक छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]