6 years ago
August 17, 2019
एजेन्सी – नेयमारलाई पेरिस सेन्ट जर्मेनका प्रशिक्षक थोमस टुचेल र टोलीका अन्य साथीले शनिबार प्रशिक्षण आत्मियताका साथ स्वागत गरेका छन् । यद्दपी उनी क्लबमा रहने नरहने विषयमा भने अहिले सम्म प्रष्ट भइसकेको छैन ।
२७ वर्षे ब्राजिलियन सुपर स्टार पुनः बार्सिलोना फर्केने चर्चाै अझै सेलाएको छैन । दुई वर्षअघि १ सय ९८ मिलियन पाउन्डमा उनी बार्सिलोनाबाट पिएसजी पुगेका थिए । पिएसजी पुगेदेखि नै नेयमार क्लबसँग खुसी नरहेको पटक पटक सार्वजनिक हुँदै आएको छ ।
उनी पटक पटक विवादित कारणले चर्चामा आउने गरेका छन् । मेमा उनी तीन खेलको प्रतिबन्धमा परेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडविरुद्ध च्याम्पियन्स लिगको खेलमा म्याच अफिसियलहरुलाई अपमान गरेपछि युईएफएले प्रतिबन्ध लगाएको थियो ।
अब बिस्तारै पिएसजीका समर्थक नेयमारप्रति आक्रोषित हुन थालेका छन् । यो सिजनको पहिलो खेलमा उनी टोलीमा थिएनन् । तर पनि समर्थकले उनका विरुद्ध लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । उनकाविरुद्धमा नारावाजी पनि भएको थियो ।
त्यसका वावजुद प्रशिक्षक टुचेल र टोलीका अन्य साथीहरुले उनीलाई हार्दिकता पूर्वक स्वागत गरेको देखिएको थियो । उनले प्रशिक्षकसँग अंकमाल गरे । टोलीका अन्य खेलाडी केलियन एमबाप्पे र थिएगो सिल्भासँग गफ गरिरहेका थिए ।
पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले अहिले पनि नेयमार टोलीको हिस्सा रहेको प्रष्ट पारिसकेका छन् । उनी र बार्सिलोनाका प्रतिनिधिबीच नेयमारका विषयमा छलफल भएपनि पिएसजीले प्रस्ताव अस्वीकार गरेको थियो ।
‘दुई क्लबका बीचमा छलफल भएको सबैलाई थाहा छ ,’ लियोनार्दोले भने,‘ तर केहि टुंगो लागेको छैन । ’ बार्सिलोना भने नेयमार भित्राउनेमा अझै आशावादी रहेको बताइन्छ । नेयमार आफै पनि पिएसजी छोड्ने मनस्थितिमा छन् । आइतबार हुने रिनेसविरुद्धको खेलमा पनि नेयमार नखेल्ने बताइएको छ । चोटका कारण उनी सन् २०१९ मा अधिकांश समय मैदान बाहिर छन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]