6 years ago
August 17, 2019
एजेन्सी – यसै सिजन इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियाल म्याड्रिड पुगेका बेल्जियन इडेन हजार्डले ला लिगामा डेब्यु लम्विने भएको छ ।
प्रशिक्षणका क्रममा थाइमा चोट बोक्न पुगेपछि हजार्डले शनिबार राति हुने सेल्टा डि भिगोविरुद्धको पहिलो खेल गुमाउने भएसँगै ला लिगामा उनको डेब्यु पछि धकेलिएको हो । रियालले ला लिगाको पहिलो खेलमा आज राति सेल्टासँग खेल्दैछ ।
हजार्डले शुक्रबार क्लबको प्रशिक्षण दौरान दाया थाईमा समस्या बोक्न पुगेका थिए । लगत्तै उनको परिक्षण गरिएको थियो । रिपोर्टअनुसार उनको चोट सामान्य नै रहेको बताइएको छ । तर, क्लबको रिपोर्टअनुसार उनी तीन देखि चार साता क्लबमा नहुने बताइएको छ ।
यसले हजार्डको ला लिगामा डेब्यु लम्बिने पक्का छ । यसो भए हजार्डले ला लिगाका तीन खेल रियल भालाडोलिड, भिल्लारियल र लेभान्टेसँगको खेल गुमाउनेछ ।
रियालले हजार्डलाई गत महिना १५० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको थियो । रियाल आएयता हजार्डले प्रि–सिजनमा एक गोल मात्रै गरेका छन् ।
रियालका विङ्गर मार्काे एसेन्सिया घुडाको चोटका कारण तथा ड्यानी कार्भाहल प्रतिबन्धमा रहँदा जिदानलाई थप समस्या हुने देखिएको छ । तर, प्रशिक्षक जिदानले वेल्सका ग्यारेथ बेल र हामेस रोड्रिग्वेजलाई प्रशिक्षणमा समावेश गरेको छ ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]