default_image

6 years ago

August 17, 2019

कौटिन्हो लोनमा बायर्न पुगे

61 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा ब्राजिली प्लेमेकर फिलिपे कौटिन्हो लोनमा जर्मन क्लब बायर्न म्युनिख पुगेका छन् ।

बार्सिलोनाले २७ वर्षीय कौटिन्होलाई १ वर्षका लागि लोनमा बायर्न पठाएको हो । उनी अर्काे वर्ष बायर्नमै स्थायी हुन सक्नेछन् । बार्सिलोनाका डाइरेक्टर गुइलेर्माे अमोरले एथ्लेटिको बिल्वाओसँग १–० ले पराजित भएको खेलअघि कौटिन्होलाई बायर्न पठाउने निर्णय भएको बताएका छन् ।

कौटिन्हो बिल्वाओविरुद्धको खेलमा टोलीमा समेटिएका थिएनन् । उनी दर्शक दीर्घामा रहेर खेल हेरेका थिए । बार्सिलोनाले नेयमार अनुबन्धको लागि कौटिन्हो दिने निर्णय भएपनि पीएसजीले अस्वीकार गरेको थियो ।

बायर्नका सिइओ कार्ल हेन्ज रुमिनिजी गत बुधबार नै यस विषयमा छलफल भएको र शुक्रबार सहमतिमा पुगेको बताएका छन् । कौटिन्होको आइतबार या सोमबार मेडिकल परिक्षण हुनेछ । सम्भवत कौटिन्होले बुन्डेसलिगाको साल्केविरुद्धको खेल खेल्ने सम्भावना छ ।

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

Success

Thank you for your time.