default_image

6 years ago

August 17, 2019

लेवान्डोस्कीले बायर्नलाई हारबाट जोगाए

56 views

0 Bookmark

एजेन्सी – फरवार्ड रोवर्ट लेवान्डोस्कीले डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखलाई जर्मन बुन्डेस लिगाको पहिलो खेलमा हारबाट जोगएका छन् ।

खेलमा शुरुवाती अग्रता लिएरपनि जोगनाउन नसक्दा बायर्नले घरेलु मैदानमा हर्था बर्लिनसँग २–२ गोलको बराबरीको नतिजा निकालेको हो ।

घरेलु मैदान एलिनाज एरिनामा शुक्रबार राति भएको खेलमा फरवार्ड रोवर्ट लेवान्डोस्कीले २ गोल गरेपनि टोलीले पहिलो खेलमा जित हासिल गर्न सकेन । हर्था बर्लिनका दुडी लुकेबाकियो र मार्काे ग्रुजिकले गोल गरे । खेलमा शुरुवाती अग्रता लिएपनि बायर्नले त्यो अग्रतालाई लामो कायम राख्न सकेन ।

खेलको २४औं मिनेट सर्जि जिनाब्रीको पासमा लेवान्डोस्कीको गोलबाट बायर्न खेलमा अघि बढेको थियो । ३६औं मिनेटमा दुडीले बराबरी गोल फर्काएका थिए । उनले अन्ड्रिजको पासमा गोल गरेका थिए । त्यसको दुई मिनेटपछि नै मार्काे ग्रुजिकले गोल गरेपछि बायर्न पहिलो हाफमा २–१ ले अघि बढेको थियो ।

६०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए । ग्रुजिकले पेनाल्टी बक्समा लेवान्डोस्कीलाई लडाएपछि प्राप्त पेनाल्टीमा आफैले गोल गरेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो । बायर्नले खेलमा ७० प्रतिशत बल पोजेसन लिएपनि थप गोल गर्न सकेन ।

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

Success

Thank you for your time.