6 years ago
August 17, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत पहिलो खेलमा नै साविक विजेता बार्सिलोना पराजित भएको छ ।
शुक्रबार भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्वाओसँग १-० ले पराजित भएको हो । बिल्बाअोका लागि घरेलु मैदानमा फरवार्ड अरिट्ज अडुरिजले निर्णायक गोल गरे । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै गोल गर्न सफल रहे । ८९ अौं मिनेटमा विंगबाट आएको क्रसलाई अडुरिजले उत्कृष्ट बाइसाइकल किकमा गोल गरेका थिए ।
बार्सिलोनाले १० वर्षपछि लिगको पहिलो खेलमा हार बेहोर्यो । खेल दौरान टोलीका मुख्य फरवार्ड लुइस सुआरेज चोट बोक्दै खेल छाड्न बाध्य भए । कप्तान मेस्सीको साथ गुमाइसकेको बार्सिलोनाले सिजनमा खराब सुरुवात गरेको छ । यसै खेलबाट क्लबमा डेब्यु गरेका एन्टोइन ग्रिजमन र फ्रान्की डे जोङले सुखत सुरुवात पाउन सकेनन् ।
गोलको भिडियो:
38 year old Aduriz 😳
— ً (@FutboILucas) August 16, 2019
pic.twitter.com/4iFk58nJZJ
के यो सिजनको उत्कृष्ट गोलमा पर्ला? प्रतिक्रिया दिनुहोस् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]
February 26, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]