6 years ago
August 18, 2019
एजेन्सी – पछिल्लो समय आफ्नो क्लबसँग नाम जोडिएका र टोलीका अन्य खेलाडीका विषय रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्रतिक्रिया दिएका छन् । सेल्टा भिगोसँग खेल हुने अघि जिदानले नेयमार र पाउल पोग्बाका बारेमा पनि बोलेका छन् ।
तर, उनले उनीहरुका विषयमा धेरै बोल्न चाहेनन् । जिदानले उनीहरु दुवै जना अहिले रियलको खेलाडी नभएको प्रष्ट पार्दै टोली नभएका खेलाडीका बारेमा चर्चा गर्नु अर्थहिन बताएका छन् ।
‘नेयमार रियलका खेलाडी होइनन् । हाम्रो लागि ती खेलाडी महत्वपूर्ण हुन् , जो अहिले टोलीमा छन्’, जिदानले भेन, ‘त्यस्तै पोग्बा म्यानचेस्टर युनाइटेडका खेलाडी हुन् । हामीले उनीहरुलाई सम्मान दिनुपर्दछ ।’
यसैबीच, यो सिजन क्लबमा फर्केका हामेस रोड्रिग्वेजका बारेमा सकारात्मक प्रतिक्रिया दिए । उनी फर्केमा जिदानले खुसी व्यक्त गरको थिए । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा दुई वर्ष लोनमा बिताएर उनी हालै फर्केका छन् । जिदानले जापानी युवा खेलाडी कुबोका बारेमा पनि बोले । कुबोमा सुधार हुँदै आएको उल्लेख गर्दै जिदानले उनी क्लबको भविष्य भएको बताएका छन् ।
‘ हामेस फर्केका छन् । टोली उनी हुँदा खुसी लागेको छ । त्यस्तै कुबो रियलका खेलाडी हुन् । तर, अगस्ट ३१ सम्म जे पनि हुन सक्छ,’ फ्रान्सेली पूर्व कप्तान जिदानले भने, ‘मलाई आशा छ उनी यहि रहनेछन् । प्रशिक्षण र उनमा आएको सुधार हेर्दा उनी क्लबका भविष्य हुन् ।’
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्। दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्। खेल साँझ ६ बजे सुरु हुनेछ। सन् २०१९ को फेब्रुअरीमा नै यि दुई टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप छनोटका लागि यो फोर […]
February 26, 2025
एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]