default_image

6 years ago

August 16, 2019

बार्सिलोना आज लिगको पहिलो खेल खेल्दै

66 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजन आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन क्याटलान बार्सिलोनाले एथ्लेटिक बिल्वाओसँग खेल्दै ला लिगाको शुरुवात गर्नेछ ।

खेल बिल्वाओको घरेलु मैदानमा नेपाली समयअनुसार १२ः४५ बजेपछि शुरु हुनेछ । बिल्वाओ घरेलु मैदानमा बार्सिलोनालाई पराजित गर्दै ला लिगामा सुखद सुरुवातको लक्ष्यमा मैदान उत्रनेछ ।

यो सिजन कुनै खेलाडी अनुबन्ध नगरेको बिल्वाओले आफ्नै एकेडेमीका खेलाडीलाई प्राथमिकतामा राखेको छ । राउल गार्सिया र इनाकी विलियम्स बिल्वाओको हतियार बन्नेछन् । इनाकीले बार्सिलोनाविरुद्ध पछिल्ला १२ खेलमा ३ गोल गरेका छन् । तर, बिल्वाओ बार्सिलोनाविरुद्ध पछिल्ला ११ खेलमा जितविहीन छ । २ बराबरीमात्रै गर्न सकेको बिल्वाओले ९ खेलमा हार भोगेको छ ।

यता, आफ्ना नियमित कप्तान मेस्सीविनै मैदान उत्रने बार्सिलोनाका लागि नयाँ खेलाडी एन्टोइन ग्रिजमन र लुइस सुआरेज मुख्य हतियार हुनेछ । उनीहरुलाई फ्रान्क कि डि जोङ र इभान राकिटिकजस्ता विश्स्तरीय खेलाडीले साथ दिनेछन् । बार्सिलोना २००८ मा नुमान्सियासँग १–० ले पराजित भएयता पछिल्लो १० सिजन ला लिगाको पहिलो खेलमा पराजित भएको छैन ।

February 26, 2025

नेपाल र म्यानमार उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई घरेलु मैदानमा फेरि एकपटक पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने मौका जुरेको छ। नेपालले फोेर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको उपाधिको लागि आज बलियो म्यानमारको सामना गर्दैछ। दशरथ रंगशालामा फाइनल साँझ ६ बजे सुरु हुनेछ। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर […]

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

Success

Thank you for your time.